शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत « Khabarhub

शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षक छनोटसम्बन्धी लिखित परीक्षामा मकवानपुरका विभिन्न परीक्षा केन्द्रबाट आज २० थान मोबाइल फोन जफत गरिएको छ ।

परीक्षा हलमा मोबाइल फोन लैजान नपाउने पूर्वसूचनालाई बेवास्ता गरी २० जना परीक्षार्थीले लुकाइछिपाइ लगेको मोबाइल फोन जफत गरिएको जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरीका अनुसार जिल्लाका २७ परीक्षा केन्द्रमा सञ्चालित लिखित परीक्षामा छ हजार ८३६ परीक्षार्थी सहभागी भएका थिए ।

परीक्षाको निष्पक्षता, गोपनीयता र मर्यादा कायम राख्न शिक्षक सेवा आयोगको परीक्षा सञ्चालन निर्देशिकामा परीक्षा हलभित्र मोबाइल फोन लैजान नपाइने व्यवस्था छ ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ९ : २२ बजे

शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत

हेटौँडा – शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको

नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा सात जनाको मृत्यु

नाइजेरिया – नाइजेरियाको नाइजर राज्यमा गाउँमाथि सशस्त्र समूहले गरेको आक्रमणमा

झापा महिला गोल्डकप : एपिएफ बन्यो च्याम्पियन

झापा – झापा महिला गोल्डकपको आजको फाइनल खेलमा एफिएफ च्याम्पियन

इरान–अमेरिका तनाव चर्किंदै, नाकाबन्दी तोड्ने अर्को जहाजमाथि अमेरिकी हमला

वासिङ्टन – इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तोड्ने प्रयास

दशौँ राष्ट्रिय खेलकुद : शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनमा गण्डकी प्रदेशले