दुवई टेनिस च्याम्पियनसिपको सेमिफाइनलमा पुगे फेडेरर « Khabarhub

दुवई टेनिस च्याम्पियनसिपको सेमिफाइनलमा पुगे फेडेरर


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व चर्चीत टेनिस खेलाडी रोजर फेडेररले दुवई टेनिस च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन् । बिहीबार राति भएको क्वाटरफाइनल खेलमा फेडेररले मार्टन फुक्सोभिक्सलाई पराजित गर्दै जित नजिक पुगेको बीबीसीले उल्लेख गरेको छ ।

स्वीडिस खेलाडी फेडेररले हङ्गेरियन खेलाडी फुक्सोभिक्सलाई ७—६, (८—६), ६—४ को सेटमा पराजित गरेका हुन् । अहिले फेडेरर विश्व टेनिस खेलाडीको बरियतामा शीर्ष ७ औं स्थानमा छन् भने फुक्सोभिन्स ३५ औं स्थानमा छन् ।

सेमिफाइनलमा उनले क्रोएसियाका बोर्न कोरिकसँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा कोरिकलाई पराजित गर्दै फाइनलमा स्थान बनाएर उपाधि उचाल्न सके उनी दुवई टेनिसमा आठौं जित हात पार्नेछन् । त्यस्तै, फेडेरर एसोसिएसन अफ टेनिस प्रोभेस्नल्स (एटीपी) मा व्यक्तिगत १ सय उपाधि उचाल्ने दोस्रो खेलाडी बन्नेछन् ।

यसअघि एटीपीमा व्यक्तिगत सय उपाधि जित्नेमा अमेरिकाकी जिम्मी कोन्नोर्सको नाम मात्रै छ । उनले अहिलेसम्म व्यक्तिगत तर्फ १ सय ९ उपाधि उचालेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १२ : ४६ बजे

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा