पोखरामा श्रद्धाञ्जलीसभा : उपप्रधानमन्त्रीले ओडाए राष्ट्रिय झण्डा « Khabarhub

पोखरामा श्रद्धाञ्जलीसभा : उपप्रधानमन्त्रीले ओडाए राष्ट्रिय झण्डा


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पोखरामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । यस्तै, नेकपा सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्टको झण्डा ओडाए ।

अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट नेकपा नेता योगेश भट्टराईलगायत नेता पनि पोखरा पुगेका छन् ।

अधिकारीको राजकीय सम्मानका साथ शुक्रबारै अन्त्येष्टि गरिनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १ : ४७ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र