फ्राइडे रिलिज: ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ हलमा, तर दर्शक ? | Khabarhub Khabarhub

फ्राइडे रिलिज: ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ हलमा, तर दर्शक ?


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं लगायत देशभरका सिनेमाघरमा आज शुक्रवारदेखि अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ र आशिरमान देशराज जोशी स्टारर फिल्म ‘ब्रेकअप’ रिलिज गरिएको छ ।

दुवै फिल्मले बिहानी शोमा भने खासै उत्साहजनक व्यापार गर्न सकेका छैनन् ।

सिंगल थिएटर तथा मल्टिप्लेक्स हलमा रिलिज भएका यी दुई फिल्म जानराका हिसाबले फरक–फरक विधामा निर्माण भएका फिल्म हुन् । अनमोल केसी अभिनित ‘क्याप्टेन’ स्पोर्टस् जानरामा निर्माण भएको फिल्म हो भने आशिरमान देशराज जोशी स्टारर ‘ब्रेकअप’ एउटा सामान्य लभस्टोरी फिल्म हो ।

तस्वीर – निर्माण टिम

अनमोलको ‘क्याप्टेन’

रिलिजअघि निकै चर्चामा रहेको यो फिल्म आजैदेखि प्रदर्शनमा उत्रेको छ । यो फिल्ममा अनमोल केसीले इशानको भूमिका निभाएका छन् । फिल्ममा राष्ट्रिय खेलाडीको भूमिकामा अनमोल देखिएका छन् । यस्तै यो फिल्ममा अनमोलका अलावा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सरोज खनाल, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् भने भुवन केसीले निर्माण गरेका हुन् ।

द ब्रेकअप

आशिरमान देशराज जोशी र शिल्पा मास्के स्टारर फिल्म ‘द ब्रेकअप’ पनि आजैबाट रिलिज भएको छ । यो फिल्ममा एउटा सामान्य लभस्टोरी छ, जुन स्टोरीमा शिल्पा र आशिरमानको रोमान्स देख्न सकिन्छ । यस्तै फिल्ममा इच्छा कार्की र रेमनदास श्रेष्ठ, सरोज खनाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मको एक दृश्यमा शिल्पा मास्के

यद्यपि बिहानी शोलाई हेर्दा दुवै फिल्मले आक्रामक व्यापार गर्न सकेका छैनन् । बुधवार हेलिकोप्टर दुर्घटनामा परेर निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित अन्य सात जनाको टुँडिखेलमा भएको श्रद्धाञ्जलीसभाका कारण पनि दर्शक हलसम्म नआएको अनुमान गरिएको छ ।

‘द ब्रेकअप’ मा हेमराज बिसीको लेखन तथा निर्देशन रहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  २ : ०७ बजे

लागूऔषध दुर्व्यसन नियन्त्रणमा सबै लाग्नुपर्छ : गृहमन्त्री 

चितवन– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागूऔषध दुर्व्यसन नियन्त्रणमा समाजका

जापानले बढी कार्बन उत्सर्जन गर्ने कोइला प्लान्ट नियन्त्रण गर्ने

टोकियो– जापानी प्रधानमन्त्री फुमियो किशिदाले कार्बन उत्सर्जन घटाउने उपायहरू नभएका

कामपाको स्वर्णिम योजना कार्यान्वयनको चरणमा

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाअन्तर्गतको परम्परागत वाद्य सामग्री तथा शैलीको

मन्त्री यादवद्वारा मेलम्ची खानेपानी आयोजनाको अनुगमन

काठमाडौँ– खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका

म्याद गुज्रेका सिलिन्डर नष्ट गरिँदै

वीरगञ्ज– पर्साको वीरगञ्जस्थित मनोज ग्यास उद्योगले म्याद गुज्रेका सिलिन्डर नष्ट