फ्राइडे रिलिज: ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ हलमा, तर दर्शक ? « Khabarhub

फ्राइडे रिलिज: ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ हलमा, तर दर्शक ?


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं लगायत देशभरका सिनेमाघरमा आज शुक्रवारदेखि अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ र आशिरमान देशराज जोशी स्टारर फिल्म ‘ब्रेकअप’ रिलिज गरिएको छ ।

दुवै फिल्मले बिहानी शोमा भने खासै उत्साहजनक व्यापार गर्न सकेका छैनन् ।

सिंगल थिएटर तथा मल्टिप्लेक्स हलमा रिलिज भएका यी दुई फिल्म जानराका हिसाबले फरक–फरक विधामा निर्माण भएका फिल्म हुन् । अनमोल केसी अभिनित ‘क्याप्टेन’ स्पोर्टस् जानरामा निर्माण भएको फिल्म हो भने आशिरमान देशराज जोशी स्टारर ‘ब्रेकअप’ एउटा सामान्य लभस्टोरी फिल्म हो ।

तस्वीर – निर्माण टिम

अनमोलको ‘क्याप्टेन’

रिलिजअघि निकै चर्चामा रहेको यो फिल्म आजैदेखि प्रदर्शनमा उत्रेको छ । यो फिल्ममा अनमोल केसीले इशानको भूमिका निभाएका छन् । फिल्ममा राष्ट्रिय खेलाडीको भूमिकामा अनमोल देखिएका छन् । यस्तै यो फिल्ममा अनमोलका अलावा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सरोज खनाल, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् भने भुवन केसीले निर्माण गरेका हुन् ।

द ब्रेकअप

आशिरमान देशराज जोशी र शिल्पा मास्के स्टारर फिल्म ‘द ब्रेकअप’ पनि आजैबाट रिलिज भएको छ । यो फिल्ममा एउटा सामान्य लभस्टोरी छ, जुन स्टोरीमा शिल्पा र आशिरमानको रोमान्स देख्न सकिन्छ । यस्तै फिल्ममा इच्छा कार्की र रेमनदास श्रेष्ठ, सरोज खनाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मको एक दृश्यमा शिल्पा मास्के

यद्यपि बिहानी शोलाई हेर्दा दुवै फिल्मले आक्रामक व्यापार गर्न सकेका छैनन् । बुधवार हेलिकोप्टर दुर्घटनामा परेर निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित अन्य सात जनाको टुँडिखेलमा भएको श्रद्धाञ्जलीसभाका कारण पनि दर्शक हलसम्म नआएको अनुमान गरिएको छ ।

‘द ब्रेकअप’ मा हेमराज बिसीको लेखन तथा निर्देशन रहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  २ : ०७ बजे

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।