साम्तेनको ‘चच हुई’ मा आर्यन र मिरुना « Khabarhub

साम्तेनको ‘चच हुई’ मा आर्यन र मिरुना


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साम्तेन भुटियाले अभिनेता आर्यन सिग्देललाई मुख्य भूमिकामा लिएर फिल्म ‘चच हुई’ निर्देशन गर्ने भएका छन् । यो फिल्म कमेडी शैलीमा निर्माण हुने बताइएको छ ।

‘तान्द्रो’, ‘सुस्केरा’, ‘साढे सात’ जस्ता फिल्म निर्देशन गरेका साम्तेनका फिल्म समीक्षात्मक रुपमा राम्रो प्रतिक्रिया पाए पनि व्यावसायिक रुपमा भने असफल रहे । यद्यपि फिल्म ‘सुस्केरा’ भने अझै रिलिज भएको छैन ।

छायांकन शुरु भइसकेको फिल्म ‘चच हुई’ मा आर्यनले भने केही समयपछि समय दिने बताइएको छ । आर्यन केही दिनअघि मात्र ‘हजार जुनीसम्म’ को छायांकन सकेर दार्जिलिङबाट काठमाडौं फर्केका छन् ।

यो फिल्ममा अमृत घलेले निर्माण गर्ने भएका छन् । यस्तै फिल्ममा राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहनेछ । फिल्ममा मिरुना मगर र आर्यनलाई एकसाथ देखिनेछ भने भोलाराज सापकोटाको पनि मुख्य अभिनय रहनेछ ।

यो फिल्म मुस्ताङ जिल्ला तथा अन्य स्थानमा समेत छायांकन हुनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ३ : ०० बजे

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६