शोक प्रस्ताव पारित गरेर संसद वैठक स्थगित « Khabarhub

शोक प्रस्ताव पारित गरेर संसद वैठक स्थगित


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको शुक्रवारको वैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र प्रसाद अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शुक्रवारको वैठक स्थगित भएको हो ।

शुक्रवार दिउँसो ३ बजे शुरु भएको वैठकमा सभामु कृष्ण बहादुर महराले शोक प्रस्ताव पेश गरेका थिए ।

शोक प्रस्ताव पारित भएपछि संसद वैठकमा उपस्थित सबै सांसदले दिवंगत अधिकारीको चिर शान्तीको कामना गर्दै एक मिनेट उठेर मौन धारण गरेका थिए ।

यससँगै सभामुख महराले अर्को वैठक फागुन १८ गते शनिवार दिनको १ बजे बस्ने गरी शुक्रबारको वैठक स्थगित भएको जनाए ।

यसअघि बिहीवार बस्ने भनिएको वैठक मन्त्री अधिकारीसहित ७ जनाको निधन हुने गरी भएको हेलिकोप्टर दुर्घटनाका कारण शुक्रवार बस्ने गरी सूचना टाँस गरी स्थगित गरिएको थियो ।

अधिकारी २०६४ र २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ३ : १५ बजे

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि

सरकार र वैदेशिक रोजगार व्यवसायीबीच सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

काठमाडौं– वैदेशिक रोजगार क्षेत्रका विभिन्न समस्या समाधानका लागि आन्दोलनरत नेपाल

भारतीय स्थल सेनाध्यक्ष सेठ र प्रधान सेनापति सिग्देलबीच भेटवार्ता

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले

ललितपुरमा चिकित्सकसहित एम्बुलेन्स सेवा, १५ मिनेटमै बिरामीकहाँ पुग्ने

ललितपुर– ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र घरमै पुगेर

एक महिनामा सरकारको आयव्यय : राजस्व प्राप्ति ५.८४ प्रतिशत, पुँजीगत खर्च १ प्रतिशत तल

काठमाडौं– चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो महिना साउन ३१