सोमाली होटेलमा भएको आक्रमणमा २९ जनाको मृत्यु « Khabarhub

सोमाली होटेलमा भएको आक्रमणमा २९ जनाको मृत्यु


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोगादिशु– सोमालियाको राजधानी मोगादिशुमा रहेको होटेलमा हतियारधारी लडाकुले आक्रमण गर्दा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।

मोगादिशुमा रहेको मका अल मुकारम होटेलमा हतियारधारी लडाकुले आक्रमण गरेको सोमाली अधिकारीले जनाएका छन् ।

शुरुमा आक्रमणकारीले होटेलको प्रवेशद्वारमा दुईवटा बम विष्फोट गराएको र पछि उनीहरु भागेर नजिकका भवनमा गई मानिसहरुमाथि जथाभावी गोली चलाउन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणमा २९ जनाको ज्यान जानुका साथै अन्य ८० जनाभन्दा धेरै घाइते भएको बताइएको छ ।

आक्रमणमा मारिनेमा अधिकांश सर्वसाधारण रहेको प्रहरीले जनाएको छ ।

आक्रमणमा सोमालियामा सक्रिय इस्लामिक लडाकु समूह अल शबाबको संलग्नता रहेको बताइएको छ ।

अल शबाबले राजधानी मोगादिशुसहित सोमालियाका विभिन्न क्षेत्रमा बेलाबेला यस्ता आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ४ : १२ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको