ग्रानाडाले शीर्ष स्थानमा उक्लिने मौका गुमायो « Khabarhub

ग्रानाडाले शीर्ष स्थानमा उक्लिने मौका गुमायो


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा गेटाफेसँग ग्रानाडा पराजित भएको छ । गेटाफेसँग ३–१ गोल अन्तरले पराजित भएसँगै ग्रानाडा शीर्ष स्थानमा उक्लिनबाट बञ्चित भएको छ ।

यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको ग्रानाडाले गेटाफेको मैदानमा पराजय ब्यहोरेको हो । गेटाफेका लागि एन्जलले खेलको ३५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ४१औं मिनेटमा माउरो अराम्बारीले गोल गरेपछि गेटाफेले पहिलो हाफअघि दुई गोलको अग्रता लिन सफल भयो ।

७४औं मिनेटमा एन्टोनियो पुयर्तासले गोल गर्दै ग्रानाडालाई खेलमा फर्काए । तर टिमोरले ८८औं मिनेटमा अर्को गोल गरेपछि ग्रानाडा ३–१ ले पराजित भयो ।

पराजयको बाबजुत ग्रानाडा २० अंक सहित तेस्रो स्थानमा यथावत छ । गेटाफे १६ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ ।

ला लिगामा एइबारले भिल्लारियललाई २–१ ले हरायो । मालोर्का र ओसासुनाबीचको खेल भने २–२ गोलको बराबरीमा सकियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ७ : ०० बजे

धुन्चेका वडाध्यक्ष भन्छन, ‘बाढी आइरहेको छ तर वेग बुधबारको जस्तो बलियो छैन

काठमाडौं– शुक्रबार भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेंसीभन्दा तल आइपुगेको

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका

भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन

काठमाडौं– रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको