विश्वकै महँगो चकलेट, मुल्य १ लाख ६० हजार ! | Khabarhub Khabarhub

विश्वकै महँगो चकलेट, मुल्य १ लाख ६० हजार !


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चकलेट खान मन नपराउने को होलान र ? चकलेटको स्वादले जो कोहीलाई लोभ्याउने गर्दछ ।

बजारमा विभन्न स्वाद र रंगमा चकलेट पाइन्छ । चकलेटको गुणस्तर र परिमाण अनुसार त्यसको मूल्य निर्धारण गरिएको हुन्छ । साधारणतया एक चकलेटको मुल्य एक रुपैयाँदेखि २–४ सयसम्म पर्छ होला भन्ने अनुमान गर्न सकिन्छ ।

तर, एउटै चकलेटको मूल्य डेढ लाखभन्दा बढी पर्छ भन्ने सुन्दा पत्याउन मुस्किल पर्छ । भारतको चर्चित आइटीसी कम्पनीले बनाएको चकलेटको मुल्य सुन्दा होस् उडाउने खालको छ ।

भारतको चकलेट उत्पादक कम्पनी आइटीसीले तयार पारेको चकलेट विश्वकै सबैभन्दा महंगो चकलेटका रुपमा रहेको कम्पनीले जनाएको छ । यो चकलेटको मूल्य प्रतिकिलो झण्डै ७ लाख रुपैया पर्दछ । जस अनुसार एक डब्बा चकलेटलाई मात्र भारु १ लाख अर्थात नेपाली १ लाख ६० हजार पर्ने गर्छ ।

उक्त चकलेटको नाम ट्रिनिटी–ट्रफल्स एक्स्ट्राअर्डिनेयर राखिएको छ । यो चकलेटले विश्वको सबैभन्दा महंगो चकलेटको रुपमा गिनिज बुकमा नाम लेखाउन समेत सफल भएको छ । दुनियाको सबैभन्दा महंगो साबित ट्रिनिटी चकलेटलाई फ्रान्सका शेफ फिलिप कन्टिसिनी र फेबेलका मास्टर चकलेटियरले बनाएका हुन् ।

एक डब्बामा १५ ग्राम वजनका १५ वटा नै हुन्छन् । ३ प्रकारको स्वादमा तयार पारिएको ट्रिनिटी चकलेट टाहिटियन भेनिल्ला बिन्ससंगै टोस्टेड कोकोनट गार्निस, घाना डार्क चकलेट र जमैका ब्लू माउन्टेन कफीको मिश्रणमा बनाइएको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ९ : ११ बजे

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ