विश्वकै महँगो चकलेट, मुल्य १ लाख ६० हजार ! « Khabarhub

विश्वकै महँगो चकलेट, मुल्य १ लाख ६० हजार !


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चकलेट खान मन नपराउने को होलान र ? चकलेटको स्वादले जो कोहीलाई लोभ्याउने गर्दछ ।

बजारमा विभन्न स्वाद र रंगमा चकलेट पाइन्छ । चकलेटको गुणस्तर र परिमाण अनुसार त्यसको मूल्य निर्धारण गरिएको हुन्छ । साधारणतया एक चकलेटको मुल्य एक रुपैयाँदेखि २–४ सयसम्म पर्छ होला भन्ने अनुमान गर्न सकिन्छ ।

तर, एउटै चकलेटको मूल्य डेढ लाखभन्दा बढी पर्छ भन्ने सुन्दा पत्याउन मुस्किल पर्छ । भारतको चर्चित आइटीसी कम्पनीले बनाएको चकलेटको मुल्य सुन्दा होस् उडाउने खालको छ ।

भारतको चकलेट उत्पादक कम्पनी आइटीसीले तयार पारेको चकलेट विश्वकै सबैभन्दा महंगो चकलेटका रुपमा रहेको कम्पनीले जनाएको छ । यो चकलेटको मूल्य प्रतिकिलो झण्डै ७ लाख रुपैया पर्दछ । जस अनुसार एक डब्बा चकलेटलाई मात्र भारु १ लाख अर्थात नेपाली १ लाख ६० हजार पर्ने गर्छ ।

उक्त चकलेटको नाम ट्रिनिटी–ट्रफल्स एक्स्ट्राअर्डिनेयर राखिएको छ । यो चकलेटले विश्वको सबैभन्दा महंगो चकलेटको रुपमा गिनिज बुकमा नाम लेखाउन समेत सफल भएको छ । दुनियाको सबैभन्दा महंगो साबित ट्रिनिटी चकलेटलाई फ्रान्सका शेफ फिलिप कन्टिसिनी र फेबेलका मास्टर चकलेटियरले बनाएका हुन् ।

एक डब्बामा १५ ग्राम वजनका १५ वटा नै हुन्छन् । ३ प्रकारको स्वादमा तयार पारिएको ट्रिनिटी चकलेट टाहिटियन भेनिल्ला बिन्ससंगै टोस्टेड कोकोनट गार्निस, घाना डार्क चकलेट र जमैका ब्लू माउन्टेन कफीको मिश्रणमा बनाइएको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ९ : ११ बजे

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत