माथिल्लो त्रिशूली १ को सम्झौता आज « Khabarhub

माथिल्लो त्रिशूली १ को सम्झौता आज


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना निर्माणका लागि आज सम्झौता हुँदैछ ।

जलप्रवाहमा आधारित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ निर्माणका लागि अन्तर्राष्ट्रिय ऋणदातासँग आज(शुक्रवार) सम्झौता हुन लागेको हो ।

आयोजना प्रवद्धक नेपाल वाटार एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनीले उर्जा मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा अन्तर्राष्ट्रिय ऋणदातासँग सम्झौता गर्न लागेको हो ।

जलविद्युत् आयोजनामा हालसम्मकै सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना निर्माणका लागि ऋण लगानीकर्ताको टुंगो लागेको कम्पनीले जनाएको छ ।

कुल ६४ करोड ७३ लाख अमेरिकी डलर लागत अनुमान गरिएको सो आयोजना निर्माणमा विदेशी लगानीकर्ताको ४५ करोड ३२ लाख अमेरिकी डलर ऋणका रूपमा भित्रिन लागेको हो ।३० प्रतिशत पूँजी कम्पनीले लगानी गर्नेछ ।

रसुवाको सदरमुकाम धुन्चे र मैलुङको बीचमा पर्ने हाकुमा आयोजना निर्माण हुन लागेको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ९ : ५९ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट