मलाई आफ्नो अभिनय यति झुर लाग्छ कि, कहिलेकाहीं डिप्रेसनमा जान्छु: स्वस्तिमा | Khabarhub Khabarhub

मलाई आफ्नो अभिनय यति झुर लाग्छ कि, कहिलेकाहीं डिप्रेसनमा जान्छु: स्वस्तिमा


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘बुलबुल’ पछि नायिका स्वस्तिमा खड्काको चर्चा एकाएक चुलियो । यो चलचित्रमा उनले निभाएको भूमिकाले स्वस्तिमाको चर्चा मात्र भएन, उनले कैयन् अवार्ड नै हात पारिन् । सोही चलचित्रले उनलाई राष्ट्रिय अवार्ड समेत दिलायो ।

तर, स्वस्तिमा भने अहिलेसम्म आफूले कुनै चलचित्रमा पनि राम्रो अभिनय गर्न नसकेको बताउँछिन् । स्वस्तिमाले खबरहबसँगको कुराकानीका क्रममा अभिनय आफ्नै अभिनय चित्त नबुझेका कारण आफ्ना पछिल्ला कुनै पनि चलचित्र नहेरेको खुलासा गरिन् ।

‘मलाई आफ्नो अभिनयबाट कहिले पनि सन्तुष्टि मिल्दैन, कुनै चलचित्रको डबिङ हेर्दा नै कस्तो नराम्रो काम गरेँ भन्ने लाग्छ,’ उनले भनिन्, ‘तपाईं विश्वास गर्नुहुन्न होला, आफ्नै काम चित्त नबुझेर मैले आफ्ना पछिल्ला चलचित्र हेरेकै छैन ।’

उनले आफ्नो अभिनय आफैले हेर्दा ‘झुर’ लागेर कतिपटक रात त सुत्न नसकेको पनि बताइन् । एक चलचित्रको डबिङमा आफ्नो अभिनय हेर्दा कति झुर गरेछु भनी दुई रात निद्रा नलागेको पनि उनले सुनाइन् ।

‘मैले आफ्नै चलचित्र जय भोले, हजार जुनीसम्म  लगायत अरू पनि हेरेकै छैन, बुलबुल पनि आधा मात्र हेरेकी छु, यो पनि सार्क फिल्म फेस्टिभलमा आफै लैजानु परेपछि हेरेँ, म त आफ्नो अभिनय देखेर दुई दिन त डिप्रेसनमा नै जान्छु’ उनले भनिन् ।

उनले हलमा गएर समेत आफूले अभिनय गरेका चलचित्र हेर्नै नसक्ने बताइन् । उनले आफ्ना फिल्म हेर्दा प्रशस्तै कमजोरी देख्ने गरेको बताइन् ।

घामड शेरेबाट पनि म एकदमै आशा राखेको त भन्दिनँ, हामीले अलिक हतारमै काम गरिरहेका छौँ,’ स्वस्तिमाले अगाडि थपिन्, ‘हेमराज (निर्देशक) दाइले मेकिङमा गरेको मेहनतले चाहिँ आशालाग्दो छ, चलचित्रको कथा मन परेरै काम गरेकी हुँ ।’

स्वस्तिमा र निश्चल बस्नेतको शीर्ष भूमिका रहेको चलचित्र ‘घामड शेरे’ यही कार्तिक २२ गतेदेखि प्रदर्शनमा आउँदैछ । सामाजिक ड्रामा यो चलचित्रमा निश्चल र स्वस्तिमा साली भेनाको भूमिका प्रस्तुत हुँदैछन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १० : ५८ बजे

बाँकेमा झाडापखालाबाट थप एक जनाको मृत्यु

बाँके– बाँकेमा झाडाबान्ताबाट थप एक जनाको मृत्यु भएको छ ।

पहिरोमा बेपत्ता वडासदस्य दम्पतीको शव भेटियो

काँक्रेविहार– जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय

कुमाल समुदायको माटोका भाँडा बनाउने पेसा लोप हुँदै

पर्वत– नेपाली समुदायमा यस वर्षका चाडपर्व सुरु हुन थालेका छन्

कोरोना बीमा रकम भुक्तानी माग गर्दै सरकारविरुद्ध सर्वोच्चमा रिट दायर 

काठमाडौं– कोरोना बीमा रकम भुक्तानी माग गर्दै संघीय सरकारविरुद्ध सर्वोच्च

मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं– संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र