मलाई आफ्नो अभिनय यति झुर लाग्छ कि, कहिलेकाहीं डिप्रेसनमा जान्छु: स्वस्तिमा « Khabarhub

मलाई आफ्नो अभिनय यति झुर लाग्छ कि, कहिलेकाहीं डिप्रेसनमा जान्छु: स्वस्तिमा


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘बुलबुल’ पछि नायिका स्वस्तिमा खड्काको चर्चा एकाएक चुलियो । यो चलचित्रमा उनले निभाएको भूमिकाले स्वस्तिमाको चर्चा मात्र भएन, उनले कैयन् अवार्ड नै हात पारिन् । सोही चलचित्रले उनलाई राष्ट्रिय अवार्ड समेत दिलायो ।

तर, स्वस्तिमा भने अहिलेसम्म आफूले कुनै चलचित्रमा पनि राम्रो अभिनय गर्न नसकेको बताउँछिन् । स्वस्तिमाले खबरहबसँगको कुराकानीका क्रममा अभिनय आफ्नै अभिनय चित्त नबुझेका कारण आफ्ना पछिल्ला कुनै पनि चलचित्र नहेरेको खुलासा गरिन् ।

‘मलाई आफ्नो अभिनयबाट कहिले पनि सन्तुष्टि मिल्दैन, कुनै चलचित्रको डबिङ हेर्दा नै कस्तो नराम्रो काम गरेँ भन्ने लाग्छ,’ उनले भनिन्, ‘तपाईं विश्वास गर्नुहुन्न होला, आफ्नै काम चित्त नबुझेर मैले आफ्ना पछिल्ला चलचित्र हेरेकै छैन ।’

उनले आफ्नो अभिनय आफैले हेर्दा ‘झुर’ लागेर कतिपटक रात त सुत्न नसकेको पनि बताइन् । एक चलचित्रको डबिङमा आफ्नो अभिनय हेर्दा कति झुर गरेछु भनी दुई रात निद्रा नलागेको पनि उनले सुनाइन् ।

‘मैले आफ्नै चलचित्र जय भोले, हजार जुनीसम्म  लगायत अरू पनि हेरेकै छैन, बुलबुल पनि आधा मात्र हेरेकी छु, यो पनि सार्क फिल्म फेस्टिभलमा आफै लैजानु परेपछि हेरेँ, म त आफ्नो अभिनय देखेर दुई दिन त डिप्रेसनमा नै जान्छु’ उनले भनिन् ।

उनले हलमा गएर समेत आफूले अभिनय गरेका चलचित्र हेर्नै नसक्ने बताइन् । उनले आफ्ना फिल्म हेर्दा प्रशस्तै कमजोरी देख्ने गरेको बताइन् ।

‘घामड शेरेबाट पनि म एकदमै आशा राखेको त भन्दिनँ, हामीले अलिक हतारमै काम गरिरहेका छौँ,’ स्वस्तिमाले अगाडि थपिन्, ‘हेमराज (निर्देशक) दाइले मेकिङमा गरेको मेहनतले चाहिँ आशालाग्दो छ, चलचित्रको कथा मन परेरै काम गरेकी हुँ ।’

स्वस्तिमा र निश्चल बस्नेतको शीर्ष भूमिका रहेको चलचित्र ‘घामड शेरे’ यही कार्तिक २२ गतेदेखि प्रदर्शनमा आउँदैछ । सामाजिक ड्रामा यो चलचित्रमा निश्चल र स्वस्तिमा साली भेनाको भूमिका प्रस्तुत हुँदैछन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १० : ५८ बजे

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक