‘डन आयो डन’ पनि दर्शकले रुचाउनुभएको छ: दुर्गेश थापा « Khabarhub

‘डन आयो डन’ पनि दर्शकले रुचाउनुभएको छ: दुर्गेश थापा


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत बजारमा ल्याएपछि विवादमा तानिएका मोडल तथा गायक दुर्गेश थापा फेरि नयाँ गीतको तयारीमा जुटेका छन् । तीजमा ‘बिच्च बिच्चमा’ गाएर भाइरल भएपछि दुर्गेश थापा धेरैको रोजाइमा परे ।

‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतले भने उनलाई विवादमा ल्यायो । गीतमा गाँजा सेवन गर्न उत्साहित गरेको भन्दै प्रहरीमा उजुरी परेपछि उनले उक्त गीत युट्युबबाट हटाए । गीतमा भएका शब्द हटाएर उनले पुनः सो गीतलाई ‘डन आयो डन’ बोलमा अपलोड गरे ।

यो गीत पनि दर्शकले मन पराएको दुर्गेशले बताएका छन् । गीतलाई झण्डै २५ लाखले हेरिसकेका छन् । पहिलेको गीत पनि ३० लाखले हेरेको दुर्गेशले बताए । ‘तिहारमा पनि यो गीत खुबै बज्यो, कतिले त भिडियो बनाएर पनि मलाई पठाउनुभएको छ, शब्द काँटछाँट गरेर अपलोड गरिएको गीत पनि दर्शकले मन पराउनुभएको छ,’ दुर्गेशले भने ।

साथै उनले तीनवटा गीत तयारी अवस्थामा रहेको र एउटा गीत लगत्तै सार्वजनिक गर्ने पनि बताए । ‘गीत त तयार छन्, अब दर्शकको माग अनुसार कुन गीत पहिले सार्वजनिक गर्ने भन्नेमा छलफल गर्दैछौं,’ उनले सुनाए ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ११ : ५७ बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न