काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने « Khabarhub

नेपाल प्रिमियर लिग

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एलिमिनेटरमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

यस जितसँगै चितवनले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । चितवनले अब फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि भिड्नेछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

मिशाराको अविजित १२० रन

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कमिल मिशाराको अविजित शतकको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो ।

मिशाराले ५९ बलमा ५ चौका र १० छक्का प्रहार गर्दै अविजित १२० रन बनाए । यो उनको करियरको तेस्रो टी–२० शतक हो । उनले रवि बोपारासँग मिलेर तेस्रो विकेटका लागि १५४ रनको विशाल साझेदारी गरे ।

शतक पूरा गरेपछि ब्याट उठाउँदै चितवन राइनोजका कामिल

बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रन बनाए । उनले यस सिजन एनपीएलमा दोस्रो अर्धशतक प्रहार गरेका हुन् ।

चितवनले सुरुवातमा भने दुई विकेट गुमाएको थियो । करण केसीले चौथो ओभरमा देव खनाल र डाविड मालानलाई लगातार आउट गरेपछि चितवन २२ रनमा २ विकेटको अवस्थामा पुगेको थियो । देवले १७ रन बनाए भने मालान पहिलो बलमै आउट भए ।

त्यसपछि मिशारा र बोपाराले उत्कृष्ट साझेदारी गर्दै चितवनको इनिङ्स सम्हाले । १९औं ओभरमा रासिद खानले बोपारालाई बोल्ड गरेपछि यो साझेदारी टुंगिएको थियो । बोपारा आउट भएपछि विवेक यादवले ३ बलमा ८ रन जोडे ।

चितवनले बनाएको २०४ रन यस सिजन टोलीको अहिलेसम्मकै उच्च योगफल हो । यसअघि लिग चरणमा काठमाडौंविरुद्ध नै बनाएको १७० रन चितवनको उच्च स्कोर थियो । उक्त खेलमा चितवन १० रनले पराजित भएको थियो ।

रिजन र उसामाको घातक बलिङ

२०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले सुरुदेखि नै नियमित अन्तरालमा विकेट गुमायो । ओपनर साहिल पटेल दोस्रो ओभरमै २ रन बनाएर आउट भए । त्यसपछि विलियम बोसिस्टो र साम हिजलेटले २५ रनको साझेदारी गरे पनि हिजलेट पाँचौं ओभरमा ३ रनमै आउट भए ।

बोसिस्टोले २८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । भीम सार्कीले अविजित ३० तथा सहान अराचिगेले २४ रन जोडे । रासिद खानले १२ रन बनाए ।

बलिङ गर्दै चितवन राइनोजका खेलाडी

तर, चितवनका बलरले काठमाडौंलाई ठूलो साझेदारी गर्न दिएनन् । एकपछि अर्को विकेट गुमाएको काठमाडौंले ९२ रन पुग्दा ६ विकेट गुमाइसकेको थियो ।

चितवनका रिजन ढकालले सर्वाधिक घातक बलिङ गरे । उनले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । उसामा मिरले ४ ओभरमा १५ रन दिँदै ३ विकेट हात पारे । कुशल मल्ल र सलाउद्दिन खानले समान १ विकेट लिए ।

काठमाडौंका लागि कप्तान करण केसी र रासिद खानले २–२ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

समग्रमा मिशाराको शतक र चितवनका बलरहरूको उत्कृष्ट प्रदर्शनले काठमाडौंको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ । अब चितवन र सुदूरपश्चिमबीचको प्रतिस्पर्धाले फाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउनेछ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ८ : ४२ बजे

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं – कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा

कन्काई पुल निर्माण तत्काल अघि बढाउन माग

झापा – हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने

नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

काठमाडौं – सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी

आज दिनभर कहाँ, के भयो ? पढ्नुहोस्, मुख्य समाचार

इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको

जलवायु विपद् र असुरक्षाका कारण सोमालियामा विस्थापन बढ्दै : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसंघ – खडेरी, बाढी तथा हिंसात्मक घटनाका कारण सोमालियामा