सुत्केरीको मृत्यु पछि बिराट नर्सिङ होममा तनाव « Khabarhub

सुत्केरीको मृत्यु पछि बिराट नर्सिङ होममा तनाव


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सुत्केरीको उपचारको क्रममा मृत्यु भएपछि विराटनगरको विराट नर्सिङ होममा तनावको अवस्था सिर्जना भएको छ ।

सुनसरी दुहवी नगरपालिका ८ की २० वर्षीया रमिला कार्कीको बिहीबार साझँ उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको लापरवाहीको कारण मृत्यु भएको भन्दै नाराबाजी गरेका छन् ।

मृतकका आफन्तले घटनाको छानविन हुनुपर्ने माग राख्दै अस्पतालमा धर्ना दिएका छन् ।

कार्कीलाई सुत्केरी व्यथा लागेपछि मंगलबार विराट नर्सिङ होममा भर्ना गरिएको थियो । कार्कीले मंगलबार विहान शिशु जन्माएपछि अत्याधिक रक्तश्राव भएको थियो ।

अत्याधिक रक्तश्रापपछि चिकित्सकले शल्यक्रिया गरेर पाठेघर निकाल्नुपर्ने बताएको थियो ।

चिकित्सकको सल्लाह अनुसार कार्कीको पाठेघर निकाल्न शल्यक्रिया गरिएको थियो । चिकित्सकले शल्यक्रिया भएको ४ घण्टामा सुत्केरीको होस आउछ भनेपनि पछि भने उनलाई मृत घोषित गर्यो‍ ।

अस्पतालले नर्मल डेलिभरी भएकी कार्कीलाई मृत घोषणा गरेपछि मृतकका आफन्तले घटनाको छनविन हुनुपर्ने भन्दै शव लिन समेत अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  २ : ५९ बजे

अन्नपूर्णको किम्रुङखोलामा बाढी

गण्डकी- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आउँदा खोला

बालबालिकासम्बन्धी कसुरमा होटल सञ्चालक पक्राउ

चितवन– बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन् ।

गणेशको आत्मदाह : सरकारले बाटो बिराउँदा अर्को भयावह संकटको डिलमा देश

काठमाडौं- मुगुको सोरू गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले

बाटोघाटोको व्यवस्था छैन, सर्वसाधारणमाथि चर्को जरिवाना थोपरेर मर्न बाध्य बनाइयो : दुर्गा प्रसाईँ

काठमाडौं– राजावादी अभियन्ता दुर्गा प्रसाईँले सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश

ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा

ढोरपाटन– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत