कोहलपुर पेस्तोल प्रकरणमा प्रहरीकै संलग्नता रहेको आशंका, विवादास्पद अडियोसँगै भिडियो भाइरल « Khabarhub

कोहलपुर पेस्तोल प्रकरणमा प्रहरीकै संलग्नता रहेको आशंका, विवादास्पद अडियोसँगै भिडियो भाइरल


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजंग शाहसहित ६ जना पेस्तोलसहित पक्राउ परेको विषयमा प्रहरीकै संलग्नता रहेको रहस्य खुलेको छ ।

निजी सवारीको सिटमुनी लुकाइ रहेको अवस्थामा दुई वटा गोली लोड गरिएको अमेरिकन पेस्तोल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाए पनि घटनामा प्रहरीको नै संलग्नता रहेको अडियो र भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै तरुण दलले आफ्ना कार्यकर्ताहरुको संलग्नता नभई जबरजसती फसाउन खोजिएको आरोप लगाएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नागरिकलाई फसाउँने षडयन्त्र गर्ने प्रहरी अधिकारीहरुमाथि छानबिन हुनुपर्ने माग गरेका छन्।

सार्वजनिक भएको अडियो र भिडियोमा प्रहरी नायब उपरिक्षक (डिएसपी) हेमबहादुर शाही स्वंय संलग्न रहेको देखिएको छ । भिडियो तथा अडियोबाट प्रहरी नायब उपरीक्षक शाहीले तरुण दलका कार्यकर्तालाई फसाउन खोजेको स्पष्ट हुन्छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा डीएसपी शाहीले अर्का प्रहरीलाई अपशब्द बोलेको पनि स्पष्ट सुन्न सकिन्छ । व्यक्तिगत रिसिबी साँध्न प्रहरी नायब उपरिक्षकले तरुण दलका नेतालाई फसाएको तरुण दलको आरोप छ ।

घटनामा प्रहरीकै संलग्नता भएको आरोप लगाउँदै तरुण दलले गाडीमा फेला पारिएको भनिएको पेस्तोलको फिंगर प्रिन्ट जाँचको माग समेत गरेको छ। अडियोमा प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले दशैको बेला खसी मागेको प्रष्ट सुन्न सकिन्छ ।

तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग डीएसपी शाहीले दशैंको बडाभोज गर्न खसी मागेका थिए । खसी नदिइएपछि डीएसपी शाहीले फसाउनका लागि यस्तो प्रपञ्च रहेको तरुणदलको आरोप छ ।

खसी नदिएपछि खड्कालाई डीएसपी शाहीले धम्की समेत दिएको तरुणदलले जनाएको छ । सोही धम्कीका कारण खड्का जीवन रक्षाको माग गर्दै मानव अधिकार आयोगमा समेत पुगेको तरुण दलले जनाएको छ ।

डीएसपी शाहीले तरुण दलका जिल्ला नेतृत्वलाई ‘टार्गेट’ गरी फसाउँने योजना बनाएको तरुण दलको आरोप छ । डीएपी शाहीले नेपालगञ्जका नगर सभापति शाहीलाई समेत फोन गरेर आफ्नो नजरमा परेको भन्दै धम्क्याएको फोन रेकर्ड समेत सार्वजनिक अडियोबाट सुन्न सकिन्छ ।

उक्त अडियोमा नायब उपरीक्षक शाहीले आफ्नो सरुवा गर्न लागिपरेको भन्दै फोनमा धम्क्याएका छन् ।

प्रहरीले नमस्ते रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा१८च ४२११ नम्बरको मारुती सुजुकी कारको बायाँतर्फको सिटमा फल्ट बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिनसहित ६ जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ६ : २७ बजे

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा