उपनिर्वाचनका लागि कांग्रेस उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई « Khabarhub

उपनिर्वाचनका लागि कांग्रेस उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंसिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार पदाधिकारीले छान्ने भएका छन् ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवार छान्ने जिम्मा पदाधिारीलाई निदे निर्णय गरेको हो ।

केन्द्रीय पदाधिकारीको बैठकले उपनिर्वाचनका लागि उम्मेदवारको निर्णय गरी पार्टीको तर्फबाट उम्मेदवारको घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिल गर्ने व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

आइतबारको बैठकमा पार्टीका महामन्त्री डा।शशांक कोइरालाले प्रस्तुत गरेको प्रस्तावमा केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, बलवहादुर केसी, महेश आचार्य, एन।पी।साउद र महेन्द्र यादवले आ–आफ्नो धारणा राखेका थिए ।

कांग्रेस बैठकका निर्णयहरु

निर्णय नं. १

२०७६ साल मंसिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचन अन्तर्गत कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नका लागि नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३२ (८) (घ) र (ङ) बमोजिमको कार्यसम्पादन गर्न र बाग्लुङ्ग प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २, भक्तपुर प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ र दाङ्ग प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा सदस्य पदका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नका लागि नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३२ (७) (ङ) र (च) बमोजिमको कार्य सम्पादन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक पार्टीका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गर्दछ । केन्द्रीय पदाधिकारीको बैठकले उल्लेखित पदको उपनिर्वाचनका लागि उम्मेदवारको निर्णय गरी पार्टीको तर्फबाट उम्मेदवारको घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिल गर्ने व्यवस्था गर्ने निर्णय गर्दछ ।

निर्णय नं. २

यहि मंसिर १४ गते सम्पन्न हुने उप–निर्वाचन अन्तर्गत सुनसरी जिल्लाको धरान उप–महानगरपालिकाको प्रमुख पदका लागि पार्टीको विधान अनुसार धरान उप–महानगरपालिका कार्यसमिति, क्षेत्र नं. १ क्षेत्रीय कार्यसमिति र सुनसरी जिल्ला कार्यसमितिबाट सर्वसम्मत रुपमा श्री तिलक राईको नाम सिफारिस भई आएकोले उक्त नामलाई अनुमोदन गर्ने निर्णय गर्दछ ।

निर्णय नं. ३

तराइ–मधेश लगायत देशभरी नै विशेष उत्साहसाथ मनाइने छठ पर्वको पूर्व सन्ध्यामा बसेको यो बैठक हार्दिकता, प्रेम र विश्वास अभिवृद्धिको कामना साथ समस्त नेपाली दिदीवहिनी दाजुभाइमा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ७ : ३७ बजे

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा