उपनिर्वाचनका लागि भक्तपुरबाट नेकपाका तीन उम्मेदवारको नाम सिफारिस « Khabarhub

उपनिर्वाचनका लागि भक्तपुरबाट नेकपाका तीन उम्मेदवारको नाम सिफारिस


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ (क) को उम्मेदवारका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तीन जनाको नाम सिफारिश गरेको छ ।

उम्मेदवारका आकांक्षी १६ जना रहेकामा पटक–पटकको बैठकले नाम छनोट गर्दै सर्वसहमत खोजे पनि नसकेपछि अन्ततः  तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको पार्टी अध्यक्ष बचन देउजाले जानकारी दिए ।

बैठकबाट पार्टीले उम्मेदवारका लागि रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, र देवीप्रसाद (डिपी) ढकालको नाम सिफारिस गरेको उनले जानकारी दिए ।

जिल्लाको निर्वाचन क्षेत्र–१ (क) बाट प्रदेशसभामा तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित हरिशरण लामिछानेको मस्तिष्कघातबाट निधन भएपछि सो क्षेत्रमा रिक्त रहेको प्रदेशसभा सदस्यका लागि आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

यो क्षेत्रमा सहमति हुन नसकेपछि नेपाली काङ्ग्रेसले १० जनाको नाम सिफारिस गरेको छ,भने साझा पार्टीले एक जनाको नाम घोषणा गरेको छ । अन्य दलले अझै नाम सिफारिस गर्न सकेका छैनन् । उक्त क्षेत्रमा चाँगुनारायण नगरपालिका सबै वडा र भक्तपुर नगरपालिका वडा नं– १० पर्छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ८ : ५५ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको