पाकिस्तानबाट रिहा भएपछि अभिनन्दनको पहिलो भिडियो सार्वजनिक « Khabarhub

पाकिस्तानबाट रिहा भएपछि अभिनन्दनको पहिलो भिडियो सार्वजनिक


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानबाट मुक्त भइ स्वदेश फर्किएका भारतीय वायुसेनाका विङ्ग‌ कमाण्डरको नयाँ भिडियो सार्वजनिक भएको छ । भिडियोमा पाकिस्तानी सेनाको हिरासतबाट हालै मुक्त भएर भारत फर्केका भारतीय वायुसेनाका विङ्ग‌ कमाण्डर अभिनन्दन वर्तमानले पाकिस्तानी सेना आफूसँग व्यावसायिक रूपमा प्रस्तुत भएको जनाएका छन् ।
भारतीय वायुसेनाको वर्दी लगाएर भिडियोमा प्रस्तुत भएका विङ्ग कमाण्डर अभिनन्दनले पाकिस्तानी सेनाको व्यवहारबाट आफू प्रभावित भएको समेत बताएका छन् ।
सेतो भित्ताको आडमा खिचिएको भिडियो भारी मात्रामा सम्पादन गरिएको छ ।
“मैले पाकिस्तानी सेनासँग केही समय बिताएको छु, म पाकिस्तानी सेनाको व्यवहारबाट प्रभावित छु ।” भिडियोमा अभिनन्दनले भनेका छन् ।
गत बुधबार उनले उडाइरहेको भारतीय वायुसेनाको मिग २१ लडाकु विमान पाकिस्तानी सेनाले खसालेपछि उनी पाकिस्तानी सेनाको हिरासतमा थिए ।
पछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतलाई शान्तिको सन्देश दिन उनलाई भारत फिर्ता गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्री खानको घोषणा अनुसार शुक्रबार बेलुकी उनी भारत-पाकिस्तान सीमाको वाघा-अटारी नाका हुँदै भारत प्रवेश गरेका थिए । उनलाई ठूलो संख्यामा भेला भएका भारतीय नागरिक तथा भारतीय सेनाका अधिकारीले सीमाक्षेत्रमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ११ : १२ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु