एस्टन भिल्लासँग बराबरीमा रोकियो युनाइटेड | Khabarhub Khabarhub

एस्टन भिल्लासँग बराबरीमा रोकियो युनाइटेड


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ ।

आइतबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले एस्टन भिल्लासँग २-२ गोलको बराबरी खेलेको हो ।

खेलमा शुरुवाती अग्रता एस्टन भिल्लाले बनाएको थियो । खेलको ११ औं मिनेटमा ज्याक ग्रेआलिसले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा टम हिटनले आत्मघाती गोल गर्दा युनाइटेडलाई फाइदा पुग्यो ।

खेलको ६४ औं मिनेटमा भिक्टर लिन्डेलोफले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए । तर, खेलको ६६ औं मिनेटमा ट्रोने मिङ्सले गोल गर्दै एस्टनलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।

यो बराबरीसँगै युनाइटेडले १४ खेलबाट १८ अंक जोडेको छ । युनाइटेड लिगको नवौं स्थानमा रहेको छ । एस्टन १५ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ८ : १४ बजे

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी