आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६ अक्टोबर १० तारिख। असोज कृष्ण पक्षको औंसी तिथि । श्रोह् श्राद्ध अन्त्य,  विश्व मानसिक स्वास्थ्य दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। काम गर्दा सचेत बन्नुपर्नेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। मिहिनेतको फल गुम्ने जोखिममा छ। शत्रु बढ्नेछन्। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट राहत मिल्नेछ।

वृष : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा कर्तव्य पूरा गरेर अगाडि बढ्नुपर्नेछ। प्रेम सम्बन्धमा धोका हुने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

मिथुन : साना कुराले झन्झट थपिने जोखिम छ। धार्मिक व्यक्तिसँग भएको वार्ताले मनमा शान्ति मिल्नेछ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। निजी शिक्षामा गरेको लगाीबाट फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : धनलक्ष्मी योग परेको छ। यसलाई सदुपयोग गर्न सके फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

कन्या : हरेक काम सहजै बन्नेछन्। साथीभाइको साथ मिल्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सहकार्य सहज बन्ने योग छ।

तुला : समय र सम्पत्ति खर्च हुने जोखिम छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। विपक्षी साथीले असहयोग गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। निर्णय गर्नु अगाडि सोच्नु उपयुक्त हुन्छ।

वृश्चिक : दिन राम्रो छ। आम्दानीका स्रोत राम्रा छन्। अभिभावकको सल्लाहमा अगाडि बढ्नु उचित हुनेछ। मिहिनेतको फल प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने समय छ। स्वास्थ्यमा समस्या देखिनेछ।

धनु : आम्दानी हुनेछ । सोचेका सबै काम बन्नेछन् । मानसम्मान प्राप्त हुनेछ । पुराना साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

मकर : व्यापारमा गरेको लगानीले उत्साह थप्नेछ। निजी शिक्षामा गरेको लगाीबाट फाइदा हुनेछ। अभिभावकको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

कुम्भ : मन अशान्त बन्नसक्छ। श्रमको मूल्य प्राप्त नहुने जोखिम छ। शनि अनुकुल भएमा मनमा शान्ति मिल्नेछ। एकल निर्णय आजको लागि घातक हुनेछ।

मीन : बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। काम गर्दा सचेत बन्नुपर्नेछ । शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ५ : ०९ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ