साग महिला क्रिकेटमा अञ्जलीको विश्व कीर्तिमान, माल्दिभ्स १६ रनमा अल आउट | Khabarhub Khabarhub

साग महिला क्रिकेटमा अञ्जलीको विश्व कीर्तिमान, माल्दिभ्स १६ रनमा अल आउट


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेट नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । तीब्र गतिकी बलर अञ्जली चन्दले टि २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमानसमेत राखेकी छिन् ।

अन्जलीले कीर्तिमानी प्रदर्शसँगै नेपालले माल्दिभ्सलाई १०.१ ओभरमा १६ रनमा अल आउट गरेको छ ।

नेपाली महिला बलर सामू माल्दिभ्सका खेलाडी निरीह देखेए । माल्दिभ्सका ९ खेलाडी शून्य रन मै आउट भए । हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बनाउन बाहेक अन्य खेलाडीले खाता खोल्न सकेनन् । अन्जलीले ४ ब्याटरलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् ।

अन्जलीले २.१ ओभरमा २ मेडन कुनै रन नदिइ ६ विकेट लिइन् । उनले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् ।

यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् । करुणा भण्डारीले २ विकेट हात पारिन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १२ : २१ बजे

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई

बागलुङमा पिकअप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते

सेटलाइट कृषि फार्मका लागि ८०१ रोपनी जग्गा प्राप्ति

मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीमा सेटलाइट कृषि फार्म स्थापनाका लागि

चन्द्रागिरी केबलकार पुनः सञ्चालन (तस्बिरहरू)

काठमाडौं– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई