नेपालले सागमा जित्यो ७ स्वर्ण « Khabarhub

नेपालले सागमा जित्यो ७ स्वर्ण


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपालका लागि दोस्रो स्वर्ण दिलाएका छन् । उनले पहिला सिंगाल काता र समूहगत कतामा स्वर्णपदक दिलाएका हुन् । यस्तै कमल तामाङले करातेको ५५ किलो उमेर समूहमा वंगलादेशका मोहमद मोस्तफालाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।

यससँगै नेपालको स्वर्ण पदक संख्या ७ पुगेको छ ।

यस्तै सिना मादेन लिम्बूले तेक्वान्दोतर्फ दोस्रो स्वर्ण जितेकी छिन् । सिनाले १७ देखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा स्वर्ण जितेकी हुन् ।

सिनाले ८.१५० अंक जोड्दै स्वर्ण हात पारिन् । भारतकी रुपा बयोरले ८.१३० अंक जोड्दै रजत तथा श्रीलंकाकी मेन्डिस नामुन्नीले ७.९६० अंक जोड्दै कास्य पदक जिते ।

तेक्वान्दोको पुम्सेमा २९ वर्षभन्दा मुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् ।

ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो ।

सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी छिन् ।

यसअघि कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपालका लागि पहिलो स्वर्ण दिलाएका थिए ।

यस्तै कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रह्यो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १ : ५६ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप