बुर्किना फासोको चर्चामा बन्दुकधारीको आक्रमण– १४ जनाको मृत्यु « Khabarhub

बुर्किना फासोको चर्चामा बन्दुकधारीको आक्रमण– १४ जनाको मृत्यु


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुर्किना फासोको एक चर्चामा बन्दुकधारीको आक्रमण परी १४ जनाको मृत्यु भएको छ ।

पूर्वी क्षेत्रअन्तर्गतको हान्तोउकोउरामा एउटा चर्चमा भेला भएका व्यक्तिलाई लक्षित गरी बन्दुकधारीले आक्रमण गरेका थिए ।

बुर्किना फासोका अधिकारीहरुले आक्रमणकारीको खोजी भइरहेको जनाएका छन् । अहिलेसम्म कुन समूहले कुन उद्देश्यका लागि आक्रमण गरेको हो भन्ने विषयमा केही खुल्न आएको छैन ।

पछिल्लो केही समयदेखि बुर्किना फासोमा धार्मिक तथा सम्प्रदायिक दंगाहरु बढ्दै गएका छन् ।

आइतबार चर्चामा भेला भएका व्यक्तिलाई लक्षित गरी भएको आक्रमणमा चर्चाका पादरीसहित बालबालिकाको समेत मृत्यु भएको जनाइएको छ ।

अघिल्लो महिना मात्रै खानीमा काम गर्ने मजदुरहरु बोकेको बसमाथि बन्दुकधारीहरुले आक्रमण गरेका थिए । उक्त आक्रमणमा ३९ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ६ : ११ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल