देउवाको आरोप– नेकपाले बम पड्काएर चुनाव जित्यो « Khabarhub

देउवाको आरोप– नेकपाले बम पड्काएर चुनाव जित्यो


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचुनावको निष्पक्षतामाथि प्रश्न उठाउँदै सत्तारुढ नेकपाले बम पड्काएर चुनाव जितेको आरोप लगाएका छन् ।

कास्की क्षेत्र नम्बर २ अन्तर्गत कांग्रेसको पकड भएको क्षेत्रमा बम पड्काउन लगाएर नेकपाले मतदातालाई तर्साएको समेत देउवाले आरोप लगाए ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिवंगत नेता भीमबहादुर तामाङको स्मृति सभालाई सम्बोधन गर्दै नेता देउवाले सरकारले सत्ताको दुरुपयोग गरेर उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पारेको बताए ।

‘कांग्रेसले जित्ने ठाउँमा मतदातालाई त्रसित बनाएर नेकपाले चुनाव जितेको हो,’ सभापति देउवाले भने, ‘पोखरामा कांग्रेसको बाहुल्यता भएको ठाउँमै बम पड्काएर मतादातालाई भड्काइयो ।’

सभापति देउवाले स्थानीय प्रशासन र प्रहरीले सत्तारुढ नेकपाका उम्मेदवारलाई जिताउन भूमिका खेलेको पनि आरोप लगाए ।

‘चुनावका बेला प्रहरी–प्रशासनको पनि निष्पक्ष भूमिका देखिएन । धाँदली गरेका छन् । धाँदली गरेका ठाउँमा हामीले छानबिन गर्दै छौं,’ देउवाले भने, ‘प्रहरी प्रशासन निष्पक्ष नभएको बेला पनि कांग्रेसको पक्षमा मतपरिणाम राम्रो आएको छ ।’

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ६ : ३६ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ