दक्षिण एसियाली खेलकुदमा नेपालले जित्यो १५ स्वर्ण « Khabarhub

दक्षिण एसियाली खेलकुदमा नेपालले जित्यो १५ स्वर्ण


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, पोखरा र जनकपुरमा जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले १५ स्वर्ण पदक जितेको छ ।

नेपालले कराते र तेक्वान्दोमा मात्रै १४ पद हात पारेको छ । ट्रायथलनमा थप एक गरी सोमबार साँझसम्म नेपालले १५ स्वर्ण पदकतालिकामा दर्ज गरेको छ ।

पछिल्लो पटक स्वस्तिमा तेक्वान्दोकी तामाङले नेपाललाई १५ औं स्वर्ण दिलाइन् । तेक्वान्दोकै निशा दर्नाल र सञ्चिला तिमल्सिनाले पनि १–१ स्वर्ण दिलाए ।

यसअघि नेपालका लागि अनु अधिकारी, कुसुम खड्काले नेपालका लागि २ स्वर्णको योगदान दिएका थिए ।

यस्तै करातेकै विप्लवलाल श्रेष्ठले नेपाललाई दशौं स्वर्ण जिताएका थिए । कराँतेको कुमुतेतर्फ ८४ तौलमाथिको समूहमा स्वर्ण जितेका हुन् ।

विप्ललाले पाकिस्तानका मुहम्मोद बाजलाई ६–५ को स्कोरले पारजित गर्दै स्वर्ण जितेका हुन् । कतारेमा काता तर्फ पुरुष र महिला टिमले पनि स्वर्ण जितेको छ ।

यस्तै, करातेको ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन् । यता तेक्वान्दोतफै नेपालले अहिलेसम्म चार स्वर्ण हात पारेको छ । पुम्से २३ देखि २९ बर्षको क्याटगोरिमा कमल श्रेष्ठले स्वर्ण जित्दा पुम्सेतर्फ नै महिलामा पावर्ती गुरुङले २३–२९ बर्षमा स्वर्ण हात पारिन् ।

यस्तै, एघारौं सागमा स्वर्ण पदक हात पारेकी आयशा शाक्यले तेक्वान्दोमा पुम्सेमा २९ बर्षमाथिको क्याटागोरिमा नेपाललाई स्वर्ण दिलाइन् । यो सँगै उनले सागमा दुई स्वर्ण हात पारेकी छन् ।

पोखरामा भइरहेको ट्रायथलमा सोनु गुरुङले स्वर्ण दिलाइन् । अहिलेसम्मका खेलहरुबा नेपालले १५ स्वर्ण, ३ रजत र ३ कास्य पदक पक्का भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ६ : ४६ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको