१३ औं साग– नेपाल टेबलटेनिसको सेमिफाइनल नजिक « Khabarhub

१३ औं साग– नेपाल टेबलटेनिसको सेमिफाइनल नजिक


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिसको पुरुष टिम इभेन्ट्समा नेपालले लिग चरणको पहिलो खेलमा जीत हात पारेको छ।

लैनचौरस्थित टेनिस हलमा भएको खेलमा नेपालले श्रीलंकामाथि ३-१ सेटको जित हात पारेको हो । अब नेपालले सेमिफाइनल प्रवेशका लागि मंगलबार माल्दिभ्सँग खेल्नेछ।

नेपालबाट टिम इभेन्टमा स्यान्टु श्रेष्ठ, पुरुषोत्तम बज्राचार्य र शिव सुन्दर गोथेले सहभागिता जनाएका थिए ।

आजै सम्पन्न खेलमा भारतले पाकिस्तान र बङ्गलादेशलाई पराजित गरेको छ । दुवै खेल भारतले ३–० ले जितेको हो । जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

यस्तै श्रीलङ्काले माल्दिभ्सलाई ३–० ले पराजित गर्‍यो । महिलातर्फ सोमबारै सम्पन्न खेलमा भारतले माल्दिभ्स र पाकिस्तानलाई ३–० ले हरायो ।

श्रीलङ्काले महिलातर्फ बङ्गलादेशलाई ३–१ सेटमा पराजित गरेको हो । भारत महिलातर्फ पनि सेमिफाइनल प्रवेश गरेको छ । यस्तै नेपालले श्रीलङ्कालाई ३–० ले पराजित गर्‍यो । नेपाली महिला टोलीले मंगलबार बङ्गलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ८ : ०० बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले