के हो ‘साउथ चाइना सी’ विवाद ? | Khabarhub Khabarhub

के हो ‘साउथ चाइना सी’ विवाद ?


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन र दक्षिणपश्चिम एशियाली देशहरुबीच दक्षिण चिनिया सागरमा आ–आफ्नौ दाबी नै ‘साउथ चाइना सी’को विबादको मुख्य कारण हो । चीनले आफ्नो जलक्षेत्र भनी दाबी गरेको समुद्रलाई ब्रुनाई, मलेसिया, फिलिपिन्स, ताइवान, भियतनाम लगायतका देशहरुले अस्वीरका गर्दै  आफ्नो सार्वभौमिकतामा चीनले दाबी गरेको आरोप लगाएका छन् ।

अमेरिका ‘साउथ चाइना सी’लाई अन्तर्राष्ट्रिय जलक्षेत्र रहेको र चीनले समेत हस्ताक्षर गरेको संयुक्त राष्ट्रसंघीय नीति अनुसार स्वतन्त्र पारवाहन क्षेत्र रहेको ठान्दछ । राष्ट्रसंघीय कानून अनुसार समुद्रको नियन्त्रण आफ्नो देशको समुद्री तटबाट ३ सय ७० किलोमिटर सम्मको भाग सोही देशको हुने व्यवस्था विपरीत चीनले आफ्नो दावी गरिरहेको अन्य देशको आरोप छ ।

उत्तरमा चीनदेखि दक्षिणमा इण्डोनेसियासम्म फैलिएको ‘साउथ चाइना सी’को क्षेत्रफल ३.६ मिलियन वर्ग किलोमिटर रहेको छ जुन भू–मध्य सागरभन्दा ठूलो तथा गहन रणनीतिक महत्व बोकेको क्षेत्र पनि हो । ‘साउथ चाइना सी’ मा भियतनाम लगायत देशहरुले १७ औं शताब्दीदेखि चीनले दाबी गरेको समुद्र आफ्नो रहेको नजिर पेश गरिरहेका छन् । त्यस्तै फिलिपिन्स ऐतिहासिक र सांस्कृतिक रुपमै चीनले दाबी गरेको क्षेत्र आफ्नो रहेकोमा कुनै बिबाद नरहेको ठान्दछ ।

सन् २०१२ मा चीनले ७ वटा समुद्रीद्वीपहरुको पुनर्निर्माण अभियान थालेपछि ‘साउथ चाइना सी’मा विवाद शुरु भएको हो । यो कदमपछि अमेरिकाले आफ्नो सैन्य शक्तिमाथि चीनले कमजोर बनाउन सक्ने र आफ्ना जलसैन्य तथा हवाई गतिविधिको निगरानी राख्नसक्ने भन्दै अमेरिकाले त्यस्को विरोध स्वरुप त्यो क्षेत्रमा आफ्नो सैन्य गतिविधिलाई नियमित बनाउन थालेको छ भने चीनको दाबीलाई अस्वीकार गरिरहेको छ ।

त्यसो त क्षेत्रीय देशहरुको प्रमुख सहयोगी अमेरिकासँग विभिन्न सन्धीहरु र दायित्व पनि रहेका छन् । संसारकै सबैभन्दा ठूलो सैन्य शक्ति रहेको अमेरिकाको ‘साउथ चाइना सी’मा ठूलो अभिरुची रहिआएको छ । एशियाको प्रमुख व्यापारिक जलमार्ग रहनु तथा चीनको आर्थिक विकाससंगै उसको सैन्य बलको बिस्तारले आफ्नो शक्ति र उपस्थितिलाई कमजोर तुल्याउनसक्ने भएकाले अमेरिका चीनसँग सशंकित छ । दशकौंदेखि अमेरिकाले ‘साउथ चाइना सी’को सुरक्षा र गस्तीमा आफ्नौ जलसैन्य परिचालन गर्दै आइरहेको छ ।

चीनले सन् १९४० को दशकको नक्साबाट विवादित समुद्र पनि आफ्नो जलक्षेत्र रहेको दाबी गर्दै आएको छ भने अन्य देशहरुले त्यो दाबीलाई अस्वीकार गरिरहेका छन् । चीनको दाबीको विरोध गर्दै फिलिपिन्सले दायर गरेको मुद्दामा हेगस्थित अन्तर्राष्ट्रिय अदालतले फिलिपिन्सको पक्षमा फैसला गरेपछि चीनले त्यसलाई अस्वीकार गरेको छ भने क्षेत्रीय देशहरुले अदालतको आदेश मान्न आग्रह गरिरहेका छन् ।

विवादित समुद्री क्षेत्रमा महत्वपूर्ण तेल तथा प्राकृतिक ग्यासको खानी रहनुले सो क्षेत्र कसैले पनि छाड्न चाहेका छ्रैनन । ‘साउथ चाइना सी’ विभिन्न आर्थिक र रणनीतिक कारणले निकै महत्वपूर्ण मानिन्छ । यो विश्वको समुद्री व्यापारको सबैभन्दा महत्वपूर्ण तथा प्राकृतिक खनिजले भरिपूर्ण क्षेत्र हो । अमेरिकी उर्जा सूचना विभागका अनुसार त्यहाँ ११ अर्ब व्यारेल तेल र १ सय ९० खर्ब क्यूबिक फीट प्राकृतिक ग्याँसको भण्डारण रहेको छ ।

४० लाख बर्गकिलोमिटरमा फैलिएको ‘साउथ चाइना सी’बाट समग्र विश्व व्यापारको एक तिहाई व्यापार मार्ग पनि हो । विश्व बजारलाई आवश्यक पर्ने १० प्रतिशत भन्दा बढी माछा ‘साउथ चाइना सी’बाट नै आपूर्ती हुने गरेको अन्तर्राष्ट्रिय संचार संस्थानहरुको समाचारमा जनाइएको छ ।

‘साउथ चाइना सी’मा चीनले अवैध रुपमा आफ्नो सर्वभौमिकताको बेवास्ता गर्दै भौतिक संरचना बनाउन शुरु गरेको भन्दै फिलिपिन्सले सन् २०१३ मा चीनविरुद्ध अन्तराष्ट्रिय अदालत हेगमा मुद्दा दायर गरेको थियो । अन्तर्राष्ट्रिय अदालतले ४ वर्षको शुनुवाईपछि ‘साउथ चाइना सी’मा चीनको स्वामित्व अस्वीकार गरिदिएको थियो ।

‘साउथ चाइना सी’मा चीनले युद्धबिमानहरु राख्न सक्ने ‘रन वे’ तथा सो क्षेत्रको निगरानी गर्न सक्ने ‘राडार’हरु जडान गरेसंगै अमेरिका चीनसंग क्रुद्ध बनेको थियो । चीनले समुद्रमा निमार्ण गरेको कृत्रिम टापुले आफ्नो सर्वभौमिकता मिचिएको भन्दै फिलिपिन्सको दावीलाई अमेरिकाले पनि समर्थन गरेको छ । चीनले निमार्ण गरेका टापुहरुमा पछि चिनियाँ सेना रहने र आफ्नो सैन्य क्षमतालाई कमजोर पार्ने अमेरिकी बुझाइ छ ।

अमेरिकाले चीनले निमार्ण गरेको टापु र आसपासका क्षेत्रको अनुगमन गर्न आफुलाई अन्तर्राष्ट्रिय कानूनले अधिकार दिएको भन्दै अत्याधुनिक बमवर्षक विमानहरु तथा आफ्ना विमानबाहक युद्धपोतहरुबाट गस्ती गर्ने गरेको छ । ‘साउथ चाइना सी’मा बढ्दो सैनिकीकरण र शक्ति राष्ट्रहरुको चासोले सो क्षेत्र खतरामा परिरहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  १ : ०९ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर