के हो ‘साउथ चाइना सी’ विवाद ? « Khabarhub

के हो ‘साउथ चाइना सी’ विवाद ?


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन र दक्षिणपश्चिम एशियाली देशहरुबीच दक्षिण चिनिया सागरमा आ–आफ्नौ दाबी नै ‘साउथ चाइना सी’को विबादको मुख्य कारण हो । चीनले आफ्नो जलक्षेत्र भनी दाबी गरेको समुद्रलाई ब्रुनाई, मलेसिया, फिलिपिन्स, ताइवान, भियतनाम लगायतका देशहरुले अस्वीरका गर्दै  आफ्नो सार्वभौमिकतामा चीनले दाबी गरेको आरोप लगाएका छन् ।

अमेरिका ‘साउथ चाइना सी’लाई अन्तर्राष्ट्रिय जलक्षेत्र रहेको र चीनले समेत हस्ताक्षर गरेको संयुक्त राष्ट्रसंघीय नीति अनुसार स्वतन्त्र पारवाहन क्षेत्र रहेको ठान्दछ । राष्ट्रसंघीय कानून अनुसार समुद्रको नियन्त्रण आफ्नो देशको समुद्री तटबाट ३ सय ७० किलोमिटर सम्मको भाग सोही देशको हुने व्यवस्था विपरीत चीनले आफ्नो दावी गरिरहेको अन्य देशको आरोप छ ।

उत्तरमा चीनदेखि दक्षिणमा इण्डोनेसियासम्म फैलिएको ‘साउथ चाइना सी’को क्षेत्रफल ३.६ मिलियन वर्ग किलोमिटर रहेको छ जुन भू–मध्य सागरभन्दा ठूलो तथा गहन रणनीतिक महत्व बोकेको क्षेत्र पनि हो । ‘साउथ चाइना सी’ मा भियतनाम लगायत देशहरुले १७ औं शताब्दीदेखि चीनले दाबी गरेको समुद्र आफ्नो रहेको नजिर पेश गरिरहेका छन् । त्यस्तै फिलिपिन्स ऐतिहासिक र सांस्कृतिक रुपमै चीनले दाबी गरेको क्षेत्र आफ्नो रहेकोमा कुनै बिबाद नरहेको ठान्दछ ।

सन् २०१२ मा चीनले ७ वटा समुद्रीद्वीपहरुको पुनर्निर्माण अभियान थालेपछि ‘साउथ चाइना सी’मा विवाद शुरु भएको हो । यो कदमपछि अमेरिकाले आफ्नो सैन्य शक्तिमाथि चीनले कमजोर बनाउन सक्ने र आफ्ना जलसैन्य तथा हवाई गतिविधिको निगरानी राख्नसक्ने भन्दै अमेरिकाले त्यस्को विरोध स्वरुप त्यो क्षेत्रमा आफ्नो सैन्य गतिविधिलाई नियमित बनाउन थालेको छ भने चीनको दाबीलाई अस्वीकार गरिरहेको छ ।

त्यसो त क्षेत्रीय देशहरुको प्रमुख सहयोगी अमेरिकासँग विभिन्न सन्धीहरु र दायित्व पनि रहेका छन् । संसारकै सबैभन्दा ठूलो सैन्य शक्ति रहेको अमेरिकाको ‘साउथ चाइना सी’मा ठूलो अभिरुची रहिआएको छ । एशियाको प्रमुख व्यापारिक जलमार्ग रहनु तथा चीनको आर्थिक विकाससंगै उसको सैन्य बलको बिस्तारले आफ्नो शक्ति र उपस्थितिलाई कमजोर तुल्याउनसक्ने भएकाले अमेरिका चीनसँग सशंकित छ । दशकौंदेखि अमेरिकाले ‘साउथ चाइना सी’को सुरक्षा र गस्तीमा आफ्नौ जलसैन्य परिचालन गर्दै आइरहेको छ ।

चीनले सन् १९४० को दशकको नक्साबाट विवादित समुद्र पनि आफ्नो जलक्षेत्र रहेको दाबी गर्दै आएको छ भने अन्य देशहरुले त्यो दाबीलाई अस्वीकार गरिरहेका छन् । चीनको दाबीको विरोध गर्दै फिलिपिन्सले दायर गरेको मुद्दामा हेगस्थित अन्तर्राष्ट्रिय अदालतले फिलिपिन्सको पक्षमा फैसला गरेपछि चीनले त्यसलाई अस्वीकार गरेको छ भने क्षेत्रीय देशहरुले अदालतको आदेश मान्न आग्रह गरिरहेका छन् ।

विवादित समुद्री क्षेत्रमा महत्वपूर्ण तेल तथा प्राकृतिक ग्यासको खानी रहनुले सो क्षेत्र कसैले पनि छाड्न चाहेका छ्रैनन । ‘साउथ चाइना सी’ विभिन्न आर्थिक र रणनीतिक कारणले निकै महत्वपूर्ण मानिन्छ । यो विश्वको समुद्री व्यापारको सबैभन्दा महत्वपूर्ण तथा प्राकृतिक खनिजले भरिपूर्ण क्षेत्र हो । अमेरिकी उर्जा सूचना विभागका अनुसार त्यहाँ ११ अर्ब व्यारेल तेल र १ सय ९० खर्ब क्यूबिक फीट प्राकृतिक ग्याँसको भण्डारण रहेको छ ।

४० लाख बर्गकिलोमिटरमा फैलिएको ‘साउथ चाइना सी’बाट समग्र विश्व व्यापारको एक तिहाई व्यापार मार्ग पनि हो । विश्व बजारलाई आवश्यक पर्ने १० प्रतिशत भन्दा बढी माछा ‘साउथ चाइना सी’बाट नै आपूर्ती हुने गरेको अन्तर्राष्ट्रिय संचार संस्थानहरुको समाचारमा जनाइएको छ ।

‘साउथ चाइना सी’मा चीनले अवैध रुपमा आफ्नो सर्वभौमिकताको बेवास्ता गर्दै भौतिक संरचना बनाउन शुरु गरेको भन्दै फिलिपिन्सले सन् २०१३ मा चीनविरुद्ध अन्तराष्ट्रिय अदालत हेगमा मुद्दा दायर गरेको थियो । अन्तर्राष्ट्रिय अदालतले ४ वर्षको शुनुवाईपछि ‘साउथ चाइना सी’मा चीनको स्वामित्व अस्वीकार गरिदिएको थियो ।

‘साउथ चाइना सी’मा चीनले युद्धबिमानहरु राख्न सक्ने ‘रन वे’ तथा सो क्षेत्रको निगरानी गर्न सक्ने ‘राडार’हरु जडान गरेसंगै अमेरिका चीनसंग क्रुद्ध बनेको थियो । चीनले समुद्रमा निमार्ण गरेको कृत्रिम टापुले आफ्नो सर्वभौमिकता मिचिएको भन्दै फिलिपिन्सको दावीलाई अमेरिकाले पनि समर्थन गरेको छ । चीनले निमार्ण गरेका टापुहरुमा पछि चिनियाँ सेना रहने र आफ्नो सैन्य क्षमतालाई कमजोर पार्ने अमेरिकी बुझाइ छ ।

अमेरिकाले चीनले निमार्ण गरेको टापु र आसपासका क्षेत्रको अनुगमन गर्न आफुलाई अन्तर्राष्ट्रिय कानूनले अधिकार दिएको भन्दै अत्याधुनिक बमवर्षक विमानहरु तथा आफ्ना विमानबाहक युद्धपोतहरुबाट गस्ती गर्ने गरेको छ । ‘साउथ चाइना सी’मा बढ्दो सैनिकीकरण र शक्ति राष्ट्रहरुको चासोले सो क्षेत्र खतरामा परिरहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  १ : ०९ बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी