सबैको भावना समेट्न नसकेको संविधान ! « Khabarhub

सबैको भावना समेट्न नसकेको संविधान !



देशको स्वतन्त्रता, सार्वभौमिकताको बारेमा पनि उल्लेख गर्दै नेपाली जनताले पटक–पटक गर्दै आएको ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष उल्लेख गर्दै उनीहरूको त्याग र बलिदानको चर्चा समेत उल्लेख गरेको छ । तर यो देशका निर्माता, हाम्रा वीर पूर्वज, हाम्रा प्रात स्मरणीय राष्ट्रिय एकताका प्रतीकप्रति यो संविधानले सम्मान गरेको पाइँदैन । नेपाल राष्ट्र निर्माताप्रति गर्व गर्न नसक्ने यो संविधान नेपाली जनताबाट निर्वाचित संस्था नैै निर्माण गरेको हो त ? प्रश्न उठ्छ ।

संविधान, कानून वा जुनसुकै लिखत कागजमा जे जस्तोसुकै उल्लेख गरिए पनि एउटा सार्वभौमसत्ता समपन्न देशका जनताको सम्प्रभुता र राजकीय सत्तालाई सीमित, संकुचित र नियन्त्रित गर्न मिल्दैन । यदी सकिन्छ र गरिन्छ भने त्यहाँ जनताको राजकीय सत्ता र सम्प्रभुता रहेनछ भन्ने बुझ्न सकिन्छ ।

वर्तमान संविधानको प्रस्तावनामा हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता भन्नेबाट संविधान लेखन प्रारम्भ भएको छ । देशको स्वतन्त्रता, सार्वभौमिकताको बारेमा पनि उल्लेख गर्दै नेपाली जनताले पटक–पटक गर्दै आएको ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष उल्लेख गर्दै उनीहरूको त्याग र बलिदानको चर्चा समेत उल्लेख गरेको छ । तर यो देशका निर्माता, हाम्रा वीर पूर्वज, हाम्रा प्रात स्मरणीय राष्ट्रिय एकताका प्रतीकप्रति यो संविधानले सम्मान गरेको पाइँदैन । नेपाल राष्ट्र निर्माताप्रति गर्व गर्न नसक्ने यो संविधान नेपाली जनताबाट निर्वाचित संस्था नैै निर्माण गरेको हो त ? प्रश्न उठ्छ ।

अझ भन्ने हो भने यो संविधानले ७८ वर्ष अघिदेखिको शहीदप्रतिको सम्मानमा आँच आउने काम गरेको छ । संघीयताले मुलुकलाई प्रदेशमा विभाजन गरेर सुंकुचनको अवस्था सिर्जना गरेको छ । टाढाको विषय सोचिरहनु पर्दैन, एउटा गतिलो उदाहरणका रुपमा यो वर्षको शहीद दिवसलाई नै हेरे पुग्छ । शहीद दिवसमा तीन नम्बर प्रदेशले विदा दिनु, केन्द्रले त्यो विदालाई स्वीकार नगर्नु तथा अन्य प्रदेशहरुमा पनि आ–आफ्नै नियम लागू हुनुले प्रष्टिन्छ । भलै शहीदहरुको सम्मानमा विविध कार्यक्रमको आयोजना भए÷गरिए । त्यो आफ्नो ठाउँमा छ ।

तर विगतदेखि दिइँदै आएको विदा कटौतीले वर्तमान सरकारको रुप पनि प्रष्टिएको छ । तीन नम्बर प्रदेशले सार्वजनिक विदा दियो, तर त्यो केन्द्र सरकाले दिनुपर्ने होइन र ? तीन नम्बर प्रदेशले विदा दिएसँगै देशमा विखण्डनताको वैधानिक बिजारोपण समेत गरेको छ ।

राजनीतिक दल, संसदीय दलले पार्टीको इच्छा बमोजिम देशको प्रधानन्यायाधीश नियुक्ति गर्ने, अनि स्वतन्त्र न्यायपालिकाको गफ हाँक्ने ? दलको भागबण्डाका आधारमा देशका सम्पूर्ण संवैधानिक निकायमा भर्ती हुने परिपाटी, न्यायाधीश अयोग्य हुने, अनि न्यायाधीशले गरेको इन्साफका आधारमा जनता भने जेल बस्नुुपर्ने ? राजनीतिको अपराधीकरण र अपराधीको राजनीतिकरण गर्ने काम भएको छ ।

यो भन्दा अघि नै जातीय आधारमा ल्होसार मनाउन अर्को प्रदेशमा विदा दिएर जातीय आधारमा मुलुकको विभाजन गर्न प्रारम्भ भए कै हो । दुई नम्बर प्रदेशमा दौरा सुरुवाल टोपीको सट्टा अरु पोशाक राख्दै विखण्डनलाई प्रश्रय दिएकै हो । पौष २७ गते राष्ट्रिय एकता दिवसलाई सरकारले मनाएन । सरकारले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण नगर्नुले राष्ट्रिय विभूतिहरुप्रति घोर अपमान गरेको जनताले महशुस गरेका छन् । समग्र अखण्ड नेपाल र नेपाली कहाँ रह्यो ?

यसरी देशलाई अकथनीय पीडामा पोलिरहने यही संविधान र यसको निर्माता हुँ भन्ने त्यही संविधानसभा होइन र ? यस्तो संविधान नेपाली जनताको संविधान कसरी हुन सक्छ ? यो संविधान नेपाल र नेपाली जनताको शान्ति, समृद्धि, उन्नति र प्रगतिको द्योतक नभएर नेपाल र नेपाली जनता तथा समाज, सभ्यता, एकता, नेपाल र नेपाली जनताको सम्प्रभूसत्ता, राजकीय सत्तामा विखण्डन ल्याउन अग्रसर भएको प्रतीत हुन्छ । त्यसैले जति छिटो यसको अवसान होला, त्यती नै छिटो देश र देशबासी ले मूक्ति पाऊलान् ।

यी लेखकका निजी विचार हुन्, यसले सम्पादकीय नीतिको प्रतिनिधित्व गर्दैन ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  २ : २० बजे

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

सुदूरपश्चिम– धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण

सिरहा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका चार

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका आउन