नागार्जुन जंगलमा दुर्लभ रातो राजपंखी लोखर्के (तस्बिरहरू) « Khabarhub

नागार्जुन जंगलमा दुर्लभ रातो राजपंखी लोखर्के (तस्बिरहरू)


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गत नागार्जुन जंगलमा रातो राजपंखी लोखर्के देखिएको छ । सामान्यतया रातको समयमा सक्रिय रहने यो लोखर्के दिउँसो बुढो रूखको खोक्रोबाट टाउको निकालेर बाहिर चियाउँदै गरेको अवस्थामा देखिएको हो ।

रातो खैरो रङको शरीर र लामो पुच्छर हुने यो लोखर्के उड्ने लोखर्केमध्ये ठूलो प्रजातिमा पर्छ । यद्यपि यसले चराले जस्तै पखेटा फट्फटाएर उड्न भने सक्दैन । अगाडि र पछाडिका खुट्टाबीच रहेको छालाको झिल्ली फैलाएर एक रूखबाट अर्को रूखसम्म हावामा तैरिँदै पुग्ने गर्छ ।

अधिकांश समय रूखमै बिताउने यो लोखर्के रातको अँध्यारोमा बढी सक्रिय हुन्छ । त्यसैले जंगलमा यसको उपस्थिति सहजै देख्न सकिँदैन । दिउँसो देखिनु यसको दुर्लभ दृश्य मानिन्छ ।

यसको मुख्य आहारा रूखका पात, कलिला पालुवा, फलफूल, फूल, बीउ तथा बोक्रा हुन् । वनस्पतिका विभिन्न भाग खाएर बाँच्ने यो लोखर्के आफैँ पनि अन्य सिकारी जनावरको आहारा बन्ने गर्छ ।

वनको खाद्य शृङ्खलाको एक महत्त्वपूर्ण हिस्सा रहेको रातो राजपंखी लोखर्केले वनको पारिस्थितिक सन्तुलन कायम राख्न भूमिका खेल्छ । यसको उपस्थिति वनको जैविक विविधताको एउटा उदाहरणसमेत हो ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  १२ : १५ बजे

नागार्जुन जंगलमा दुर्लभ रातो राजपंखी लोखर्के (तस्बिरहरू)

काठमाडौँ – शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गत नागार्जुन जंगलमा रातो राजपंखी लोखर्के देखिएको

फास्ट ट्र्याकको लामो सुरुङ ‘ब्रेक थ्रु’ गर्दै राष्ट्रपतिले भने- अब समय र खर्च दुवै बचत हुन्छ

काठमाडौं– तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत सबैभन्दा लामो मकवानपुरको महादेवटारस्थित दायाँ

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यक : मन्त्री मेहता

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिजैविक प्रतिरोध (एएमआर)को

त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार र सशस्त्र प्रहरीको चेकिङ क्षेत्र

एमालेको राष्ट्रिय भेला उद्‌घाटन गर्न ओली कार्की ब्यांक्वेटमा

काठमाडौँ – नेकपा (एमाले)को राष्ट्रिय भेला केहीबेरमा उद्घाटन हुँदैछ ।