महिला भलिबलमा एपीएफको अग्रता कायम « Khabarhub

महिला भलिबलमा एपीएफको अग्रता कायम


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १४ औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल प्रतियोगितामा शुक्रबार विभागीय टिम एपीएफ क्लबले आफ्नो जितको लय कायमै राखेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा भएको खेलमा एपीएफले पश्चिमाञ्चल ३—० को सोझो सेटमा पराजित गरेको हो ।

एपीएफले पश्चिमाञ्चललाई २५–१५, २५–१८ र २५–११ को सेटमा पराजित गरेको हो । जितसँगै एपीएफले १२ खेलबाट ३६ अंक जोडेको छ भने पराजित पश्चिमाञ्चलको १९ अंक छ ।

त्यस्तै, शुक्रबार नै अर्को विभागिय टिम त्रिभुवन आर्र्मी क्लबले दोहोरो जित हासिल गरेको छ । आर्मीले नेपाल पुलिस क्लबलाई २५–२२, २१–२५, २५–१८, १५–२५ र १२–१५ को सेटमा पराजित गर्यो भने दोस्रो खेलमा आर्मीले श्री गाउँ दाङलाई २५–१२, २५–१९ र २५–११ को सेटमा पराजित गर्यो ।

दोहोरो जित निकालेपछि तेस्रो स्थानको आर्र्मीको २९ अंक भएको छ । दोस्रो स्थानको पुलिसको ३० अंक रहेको छ ।

यस्तै सेबले दाङलाई २५–१८, २५–१५ र २५–११ को सेटमा पराजित गरेको सेबको १४ र दाङको ११ अंक रहेछ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  २ : ४८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले