वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनको तयारी « Khabarhub

वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनको तयारी


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पर्साको वीरगञ्जस्थित कृषि औजार कारखानालाई नयाँ ढंगबाट सञ्चालन गर्ने तयारी गरेको छ ।

लामो समयेखि बन्द रहेको कारखानाको स्थलगत अध्ययन पछि कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले अध्ययन प्रतिवेदनका आधारमा मोडालिटी परिर्वतन गरेर उद्योग संञ्चालन गरिने बताएका छन् ।

मन्त्रालयले उद्योगको वर्तमान अवस्था, कृषि औजारको बजार र उद्योगमा रहेका सामाग्रीको अवस्था अध्ययन गर्नका टोली गठन गरेको भन्दै उनले सो अध्ययन टोलीको प्रारम्भीक प्रतिवेदनका आधारमा उद्योग संञ्चालनको मोडालिटी तयार गरिने बताए । आर्थिक बर्ष २०७५÷७६ को बजेटमा कृषि औजार कारखाना स्थापना गरिने उल्लेख छ ।

२०२४ सालमा रुसको प्राविधिक र आर्थिक सहयोगमा नेपाल सरकारको संयुक्त लगानीमा स्थापना भएको कृषि औजार कारखाना पछिल्लो समय नोक्सानीमा गएपछि २०५४ सालमा सरकारको निजीकरण योजना अन्र्तगत राखि निजी क्षेत्रलाई संचालनको जिम्मेवारी सुम्पिएको थियो ।

त्यसपछि पनि कारखाना संचालन सहज नभएपछि २०५९ चैत ४ गतेको मन्त्रीपरिषद् बैठकबाट सरकारले उद्योग खारेज गर्ने निर्णय गरेको थियो । खारेजीको समयमा १ सय ८० जना स्थायी कामदार कर्मचारी थिए । हाल कारखानामा नायब सुब्बा सरहका एक जना सुरक्षा इन्चार्ज र ८ जना सुरक्षा गार्ड कार्यरत छन् ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ६ : ५९ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका