अल्जेरियाका राष्ट्रपतिद्वारा राजीनामा दिने तयारी | Khabarhub Khabarhub

अल्जेरियाका राष्ट्रपतिद्वारा राजीनामा दिने तयारी


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अल्जेरिया– आफ्नो सरकारविरुद्ध प्रदर्शन बढ्दै गएपछि अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाले राजीनामा दिने तयारी गरेका छन् । अल्जेरियाका सञ्चारमाध्यमले श्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचारमा बोटेफ्लिकाले यसैसाता राजीनामा दिने सम्भावना छ ।

यसअघि उनले आफ्नो सरकार पुनर्गठन गरेको समाचार सार्वजनिक भएको थियो । समाचारमा उनले हाल सरकारमा रहेका २७ मध्ये २१ मन्त्रीलाई पदबाट हटाएर नयाँ ‘कामचलाउ’ सरकार गठन गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका थिए ।

बोटेफ्लिका सन् १९९९ यता अल्जेरियाको सत्तामा छन् । यसअघि ८२ वर्षे बोटेफ्लिकाले आफ्नो पाचौँ कार्यकालका लागि आगामी अप्रिल १८ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिएपछि उनीविरुद्ध व्यापक आन्दोलन शुरु भएको थियो ।

त्यसको केही समयपछि बोटेफ्लिकाले राष्ट्रिपतिको उम्मेद्वारी फिर्ता गरेको घोषणा गरेपनि उनले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै अल्जेरियाभर भएको प्रदर्शन रोकिएको थिएन ।

प्रदर्शनकै क्रममा उनको समर्थनमा रहेको भनिएको त्यहाँका सेना प्रमुखले पनि राष्ट्रपतिले तत्काल पद त्याग्नुपर्ने धारणा राखेपछि उनी संकटमा परेको बताइएको थियो ।

सन् २०१३ मा मष्तिष्कघात भएपछि उनी सार्वजनिक कार्यक्रममा दुर्लभ रुपमा मात्र देखा पर्दै आएका छन् । त्यसबाहेक उनको स्वास्थ्य अवस्था पनि राम्रो नरहेको बताइन्छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ५ : २३ बजे

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, एक जना पक्राउ

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलो सुन बरामद गरिएको

रुसमा मृत्यु भएका नेपालीको शव फिर्ता ल्याउन कठिन

काठमाडौं– रुस–युक्रेन युद्धमा रुसका तर्फबाट लड्ने क्रममा ज्यान गुमाएका ६

बर्दिबासमा खानेपानी चोरेर वर्षौँदेखि उद्योग सञ्चालन

महोत्तरी– पछिल्लो समय  बर्दिबासमा पानीको समस्या बढिरहेको बेला वर्षौँदेखि पानी

दुर्गम गाउँहरू सुगम हुँदा नागरिक हर्षित

धनकुटा– आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले

देशलाई अघि बढाउन सुरक्षा नीति आवश्यक छ

तपाईंले जति पर्यटनको व्यापार गर्नुहुन्छ त्यहाँ ९० प्रतिशत सामान विदेशबाट