अल्जेरियाका राष्ट्रपतिद्वारा राजीनामा दिने तयारी « Khabarhub

अल्जेरियाका राष्ट्रपतिद्वारा राजीनामा दिने तयारी


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अल्जेरिया– आफ्नो सरकारविरुद्ध प्रदर्शन बढ्दै गएपछि अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाले राजीनामा दिने तयारी गरेका छन् । अल्जेरियाका सञ्चारमाध्यमले श्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचारमा बोटेफ्लिकाले यसैसाता राजीनामा दिने सम्भावना छ ।

यसअघि उनले आफ्नो सरकार पुनर्गठन गरेको समाचार सार्वजनिक भएको थियो । समाचारमा उनले हाल सरकारमा रहेका २७ मध्ये २१ मन्त्रीलाई पदबाट हटाएर नयाँ ‘कामचलाउ’ सरकार गठन गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका थिए ।

बोटेफ्लिका सन् १९९९ यता अल्जेरियाको सत्तामा छन् । यसअघि ८२ वर्षे बोटेफ्लिकाले आफ्नो पाचौँ कार्यकालका लागि आगामी अप्रिल १८ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिएपछि उनीविरुद्ध व्यापक आन्दोलन शुरु भएको थियो ।

त्यसको केही समयपछि बोटेफ्लिकाले राष्ट्रिपतिको उम्मेद्वारी फिर्ता गरेको घोषणा गरेपनि उनले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै अल्जेरियाभर भएको प्रदर्शन रोकिएको थिएन ।

प्रदर्शनकै क्रममा उनको समर्थनमा रहेको भनिएको त्यहाँका सेना प्रमुखले पनि राष्ट्रपतिले तत्काल पद त्याग्नुपर्ने धारणा राखेपछि उनी संकटमा परेको बताइएको थियो ।

सन् २०१३ मा मष्तिष्कघात भएपछि उनी सार्वजनिक कार्यक्रममा दुर्लभ रुपमा मात्र देखा पर्दै आएका छन् । त्यसबाहेक उनको स्वास्थ्य अवस्था पनि राम्रो नरहेको बताइन्छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ५ : २३ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको