अल्जेरियाका राष्ट्रपतिद्वारा राजीनामा दिने तयारी « Khabarhub

अल्जेरियाका राष्ट्रपतिद्वारा राजीनामा दिने तयारी


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अल्जेरिया– आफ्नो सरकारविरुद्ध प्रदर्शन बढ्दै गएपछि अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाले राजीनामा दिने तयारी गरेका छन् । अल्जेरियाका सञ्चारमाध्यमले श्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचारमा बोटेफ्लिकाले यसैसाता राजीनामा दिने सम्भावना छ ।

यसअघि उनले आफ्नो सरकार पुनर्गठन गरेको समाचार सार्वजनिक भएको थियो । समाचारमा उनले हाल सरकारमा रहेका २७ मध्ये २१ मन्त्रीलाई पदबाट हटाएर नयाँ ‘कामचलाउ’ सरकार गठन गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका थिए ।

बोटेफ्लिका सन् १९९९ यता अल्जेरियाको सत्तामा छन् । यसअघि ८२ वर्षे बोटेफ्लिकाले आफ्नो पाचौँ कार्यकालका लागि आगामी अप्रिल १८ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिएपछि उनीविरुद्ध व्यापक आन्दोलन शुरु भएको थियो ।

त्यसको केही समयपछि बोटेफ्लिकाले राष्ट्रिपतिको उम्मेद्वारी फिर्ता गरेको घोषणा गरेपनि उनले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै अल्जेरियाभर भएको प्रदर्शन रोकिएको थिएन ।

प्रदर्शनकै क्रममा उनको समर्थनमा रहेको भनिएको त्यहाँका सेना प्रमुखले पनि राष्ट्रपतिले तत्काल पद त्याग्नुपर्ने धारणा राखेपछि उनी संकटमा परेको बताइएको थियो ।

सन् २०१३ मा मष्तिष्कघात भएपछि उनी सार्वजनिक कार्यक्रममा दुर्लभ रुपमा मात्र देखा पर्दै आएका छन् । त्यसबाहेक उनको स्वास्थ्य अवस्था पनि राम्रो नरहेको बताइन्छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ५ : २३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका