भूउपग्रहका तस्वीर हेर्दाहेर्दै विपत्तिको खबर! « Khabarhub

भूउपग्रहका तस्वीर हेर्दाहेर्दै विपत्तिको खबर!


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बारा र पर्सा क्षेत्रमा आइतबार राति अत्याधिक वर्षा, चट्याङ र हावाहुरी एकैचोटी आयो । त्यसको जानकारी जल तथा मौसम विज्ञान विभाग र मौसम पूवानुमन महाशाखालाई थिएन ।

पूर्वानुमान महाशाखाको ड्युटीमा रहेका मौसम पूर्वानुमान अधिकृत मीनकुमार अर्याल आफैंले पनि बारा र पर्साको विपत्तिको अनुमान नै गरेका थिएनन् । साँझ एक्कासी भूउपग्रहले हावाको बेग पूर्वतिर फर्किएको देखायो ।

‘मैले हरेक १० मिनेटमा भूउपग्रहले पठाएको तस्वीर हेर्दै थिए । अनि चट्याङ रेकर्ड गर्ने सिस्टम हरेक ३/३ मिनेटमा हेर्न थाँले,’ उनले भने, ‘मौसमको संकेत चार्टको अध्ययन पनि साथसाथै गर्दै थिएँ । तर, यी सबैले मध्य तराईस्थित बारा र पर्सा क्षेत्रमा एक्कासी वर्षा, हुन्डरी र चट्याङ आउनसक्ने सम्भावना भने देखाउन सकेन।’

प्रविधिले सूचना आफूले लिन नसकेपछि फोन, म्यासेजबाट आफूले बास्तविक खबर सुनेको अर्यालले बताएको गोरखापत्रमा खबर छ ।

त्यस्तै सरकारले घाइतेको सम्पूर्ण उपचार गर्ने निर्णय गरेको, राहत, उद्धार र खाद्यान्हको प्रबन्ध मिलाउन सरकारले गृहमन्त्रालयलाई निर्देशन दिएको, प्रधानमन्त्री आफैं पीडितको अवस्था बुझ्न गएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ६ : ५८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको