नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने « Khabarhub

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल समेतका केन्द्रीय नेताहरूको उपस्थितिमा आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो ।

बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुने उक्त कार्यक्रममा व्यापक जनसहभागिता गराउने निर्णय गरिएको सो पार्टीका नेता ताज मोहम्मद मियाँले जानकारी दिए ।

पार्टी निकट जनवर्गीय सङ्गठनका समन्वयमा कार्यक्रम व्यवस्थापन तथा सभाको आवश्यक तयारी गरिने जनाइएको छ । देशभर एकताको सन्देश प्रवाह गर्न प्रदेशसभा तथा केही जिल्लामा एकता सन्देश सभा गरेको पार्टीले वाम ध्रुवीकरण तथा कम्युनिष्ट शक्तिबीच एकताको प्रारम्भ गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ९ : २७ बजे

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र