वैदेशिक रोजगारबाट फर्किनेलाई कर्मचारीको जस्तै ‘पद’, नासु, खरिदार र मुखियाको प्रमाणपत्र ! « Khabarhub

वैदेशिक रोजगारबाट फर्किनेलाई कर्मचारीको जस्तै ‘पद’, नासु, खरिदार र मुखियाको प्रमाणपत्र !


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारको सीप परीक्षण गरी ‘दक्षताको प्रमाणपत्र’ दिने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्ष (२०७५/७६) को मंसिर महिनामा वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि सीप परीक्षणका लागि आवदेन खुलाएको थियो । मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डमा चालू आवमा १ हजार जनाका लागि आवेदन माग गरिएकोमा ५ सय युवाले मात्र आवेदन दिएका थिए । आवेदन दिएका युवाको २० वटा विषयमा सीपको परीक्षण गर्ने भएको छ ।

औपचारिक शिक्षा नलिएका श्रमिकले सीप परीक्षण गरेर तीन तहको प्रमाण पत्र दिने बोर्डले जानकारी दिएको छ । औपचारिक शिक्षा नभए पनि विदेशमा सीप सिकेका आधारमा मुखिया, खरिदार, सुब्बा वा सो सरहको मान्यता दिइ प्रमाण पत्र दिने बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई अनुभवका आधारमा नै सीप परीक्षण गरेर प्रमाणपत्र दिइने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

वैदेशिक रोजगारीमा गएर फर्किएका युवाले विदेशमा वर्षौं काम गर्दा सिकेको सीपको परीक्षण गरि प्रमाणपत्र दिने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए । ‘सरकारले पहिलोपटक सीप परीक्षण र प्रमाणिकरण गर्न लागेको हो,’ श्रेष्ठले खबरहबसँग भने, ‘सीप परीक्षण र प्रमाणिकरण गरेपछि यस्ता कामदारले पुनः वैदेशिक रोजगारीमा दक्ष ठहर हुन्छ । दक्ष श्रमिकको सुविधा पाउँछन् ।’

यसरी अनुभवका आधारमा प्रमाणपत्र दिँदा स्वरोजगार बन्न र पुनः वैदेशिक रोजगारीमा जानका लागि पनि सहज हुने उनको भनाइ छ ।
दर्शकदेखि वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई सरकारले सीपका आधारमा प्रमाणपत्र दिन र तथ्याङ्क राख्न नसकेको आरोप लाग्दै आएको थियो ।

२० कामको सीप परीक्षण गरी प्रमाणपत्र दिइने

सरकारले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका लागि २० वटा कामको सीप परीक्षण र प्रमाणिकरण गरी प्रमाणपत्र दिने भएको छ । इलेक्ट्रिसियन, विल्डिङ पेन्टर, हाउसकिपिङ क्लिनर, स्कापफोल्डर, बिल्डिङ असिस्टेन्ट वेटर, रेफ्रिजेनेटर एण्ड एअर कन्डिसन जुनियर मेकानिक्स, टेलरिङ र फर्निचर मेकरको सीप परीक्षण गरि प्रमाणपत्र दिइने बोर्डले जानकारी दिएको छ । यस्तै, सेक्युरिटी गार्ड, आल्मुनियम फेब्रिकेटर, सटरिङ कार्पेन्ट्री, इन्डेस्ट्रियल इलेक्ट्रिसियन, केयर गिभर, आर्क वेल्डर, एक्साभेटर अपरेटर, जुनियर प्लम्बर, स्टोन लेयर मेसन (डकर्मी), असिस्टेन्ट ब्युटिसियन, कर्मी तेस्रो र स्ट्रक्चरल फेब्रिकेटरको सीप परीक्षण र प्रमाणिकरण गरिने बोर्डले जनाएको छ ।

एक व्यक्तिले एउटा कामको मात्र प्रमाणपत्र पाउने गरी सीपको परीक्षण गरिने बोर्डले जानकारी दिएको छ ।

सीप परीक्षण प्रदेशमै, वैशाख ३ देखि ५ गतेसम्म गरिने

वोर्डले गत मंसिरमा आवेदन दिएका श्रमिकको सीप परीक्षण वैशाख ३ देखि ५ गतेसम्म प्रदेशकै सीप विकास कार्यालयबाट गर्ने भएको छ ।

बोर्डका अनुसार अभिमुखिकरण चैत २० गते प्रदेश नम्बर १ अन्तगर्त इटहरीको पाथिभरा हिमालय पोलिटेक्निक इन्स्टिच्यूट, चैत २२ गते प्रदेश नम्बर २ अन्तर्गत महोत्तरीको बर्दिवासमा रहेको सैलुङ होटल एण्ड रेस्टुरेन्ट, प्रदेश नम्बर ३ अन्तर्गत चितवनको नारायणी पोलिटेक्निक इन्स्टिच्यूट, कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको घरेलु तथा साना उद्योगको कार्यालय, सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीको धनगढीमा रहेको धनगढी कलेज अफ इन्फरमेसन टेक्नोलोजी प्रालि र चैत २६ गते भक्तपुरको सानोठिमीमा रहेको प्राविधिक प्रशिक्षण प्रतिष्ठानमा आवेदन दिएका व्यक्तिले सम्र्पक गर्नुपर्ने छ ।

आवेदन भरेका कामदारले प्रयोगात्मक परीक्ष दिनुपर्ने बोर्डले जानकारी दिएको छ । सीप परीक्षण गर्ने कामदारले आफूले सिकेका सीप प्रयोग गरी स्वरोजगार पनि बन्नका लागि योग्य हुने बोर्डको बुझाइ छ ।

दक्षताको प्रमाणपत्र पाएका श्रमिकले उद्यमी बन्न बैंकबाट ऋण लिइन सहज हुने बोर्डको विश्वास छ । यसरी सीप परीक्षणबाट प्रमाणपत्र पाएका युवालाई सरकारले नै रोजगारीको व्यवस्था गरिदिने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : ०२ बजे

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरका ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको

३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन्

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा : पुँजीगत खर्च बढाइनुपर्नेमा जोड

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत