बसको ठक्करबाट एकको मृत्यु | Khabarhub Khabarhub

बसको ठक्करबाट एकको मृत्यु


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–७ बतहा पुल नजिकै बसको ठक्करबाट एकको मृत्यु भएको छ भने अर्काे एक घाइते भएका छन् ।

पश्चिमबाट पूर्व आउँदै गरेको भारतीय तीर्थयात्री बोकेको डब्लुबी २९बी६१७४ नंको बसले साइकललाई ठक्कर दिँदा साइकलयात्री सिरहाको सुखीपुर नगरपालिका–७ बलही निवासी ३५ वर्षीय रामलखन साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी गम्भीर घाइते मिर्चैया नगरपालिका–४ निवासी ३० वर्षीय भद्रकाली महासेठलाई उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : २५ बजे

६० प्रतिशत नेपाली माइग्रेनको मारमा

तनावै तनावको दैनिकीले माइग्रेनको समस्या दिन दुईगुना रात चारगुनाका दरले

त्रिदेशीय टी–२० सिरिज : आज नेपाल र नामिबिया खेल्दै

काठमाडौँ– नेपाल, नामिबिया र नेदरल्याण्डस सम्मिलित त्रिदेशीय टी–२० सिरिज आजदेखि सुरु

अक्षयको जीवनशैली : सामाजिक सञ्जाल चलाउने समय व्यायाममा खर्च

काठमाडौँ– बलिउडमा अक्षय कुमारको ‘फिटनेस’को चर्चा धेरै हुन्छ । उनी

मुलुकका केही स्थानमा छिटफुट वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कालो ओठ कसरी गुलाबी बनाउने ?

काठमाडौँ– युवा हुन् वा युवती हरेकले आफ्नो ओठ गुलाबी र