गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई « Khabarhub

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । यससँगै स्याङ्जाले लगातार दोस्रो पटक उपाधि चुम्न सफल भएको हो ।

पोखरामा प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा भएको प्रतियोगिताको आज फाइनल खेलमा कास्कीलाई सात विकेटले हराउँदै स्याङ्जाले रु एक लाखसहित ट्रफी र मेडल पुरस्कार पायो । उपविजेता कास्कीले रु ५० हजार प्राप्त गरेको आयोजकले जनाएको छ ।

आजको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कास्कीले निर्धारित २० ओभरको खेलमा १६ ओभरमा ‘अलआउट’ हुँदै ५६ रन बनाएको थियो । उपाधि जित्नका लागि ५७ रनको विजयी लक्ष्य पाएको स्याङ्जाले १० ओभरको तेस्रो बलमा लक्ष्य भेटायो ।

स्याङ्जाका लागि सिमाना केसीले १७ रनको ‘अविजित’ पारी खेलिन् । उनले २२ बलमा एक चौका प्रहार गरिन् । कुशुम गोदार ११ रनमा ‘अविजित’ रहिन् । उनले १३ बलमा एक चौका प्रहार गरिन् । ओपनर श्रेया शाह पाँच, सलिना सेन छ, ज्योत्सनिका मरासिनी छ रनमा आउट भइन् । कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले समान एक/एक विकेट लिए ।

कास्कीका लागि रेखा तामाङले २४ र रचना चौधरीले १४ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । रेखाले २८ बलमा दुई चौका र एक छक्का हानिन् । रचनाले २५ बलमा दुई चौका प्रहार गरिन् । स्याङ्जाका लागि अपेक्षा बुढाथोकीले तीन ओभरमा छ रन खर्चेर सर्वाधिक चार विकेट लिइन् । सिमाना केसीले चार ओभरमा १३ रन खर्चेर तीन विकेट लिइन् ।

स्याङ्जाकी सिमाना केसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनी खेलको ‘वुमन अफदी म्याच’सँगै उत्कृष्ट बलरसमेत घोषित भइन् । कास्कीका सिर्जना पौडेल उत्कृष्ट ‘ब्याटर’ र सोनिमा पुन मगर उदियमान खेलाडी घोषित भइन् । यही असार १८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वत जिल्लाको सहभागिता थियो ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : ५२ बजे

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा