नेकपाले म्याग्दीमा एकताको टुङ्गो लगायो « Khabarhub

नेकपाले म्याग्दीमा एकताको टुङ्गो लगायो


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले जिल्लाका छ वटै स्थानीय तह र सबै वडास्तरमा एकताको टुङ्गो लगाएको छ ।

नेकपा म्याग्दीको सोमबार हाँडेभीरस्थित पार्टी कार्यालयमा बसेको जिल्ला संयन्त्रको बैठकमा छ स्थानीय तहमध्ये चार स्थानीय तह र २८ वडामा पूर्वएमाले तथा दुई स्थानीय तह र १७ वडामा पूर्वमाओवादी केन्द्रले नेतृत्व गर्ने निर्णय भएको हो ।

मालिका, मङ्गला, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा पूर्वएमाले तथा बेनी नगरपालिका र धवलागिरि गाउँपालिकामा पूर्वमाओवादी केन्द्रले नेतृत्व गर्ने निर्णय भएको नेकपाका नेता गोविन्द पौडेलले जानकारी दिए । नेकपाका नेता हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा बैठक बसेको थियो ।

अध्यक्ष पाएको स्थानीय तहमा सचिव स्वतः अर्को पक्षको हुने निर्णय भएको छ ।

बेनी नगरपालिकाको १, ५, ६, ८ र ९ मा पूर्वएमाले, २, ३, ४ र ७ मा पूर्वमाओवादी केन्द्रले नेतृत्व पाएको छ । धवलागिरि गाउँपालिकाको २, ४, ६ र ७ मा पूर्वएमाले तथा १, ३ र ५ मा पूर्वमाओवादी केन्द्रले नेतृत्व पाएका छन् ।

मालिका गाउँपालिकामा पूर्वमाओवादी केन्द्रले ३, ४ र ७ तथा पूर्वएमालेले १, २, ५ र ६ नं वडाको नेतृत्व पाएका छन् । मङ्गला गाउँपालिकामा पूर्वएमालेले १, ४ र ५ तथा पूर्वमाओवादी केन्द्रले २ र ३ को नेतृत्व पाएको छ । अन्नपूर्ण गाउँपालिकामा पूर्वएमालेले १, २, ३, ६ र ८ तथा माओवादी केन्द्रले ४, ५, ६ र ७ नं वडाको नेतृत्व पाएको छ ।

रघुगङ्गा गाउँपालिकाको १, २, ३, ६, ७ र ८ मा पूर्वएमाले तथा ४ र ५ मा पूर्वमाओवादी केन्द्रले नेतृत्व पाएका छन् । स्थानीय तहका कमिटीमा पूर्वएमालेको तर्फबाट ५९ र माओवादी केन्द्रबाट ४१ प्रतिशत सहभागिता रहने निर्णय भएको छ ।

चैत २६ गतेभित्र स्थानीय तह र वडाका पार्टी कमिटीको नेतृत्व, पदाधीकारी र सदस्यको नाम टुङ्गो लगाइसक्ने निर्णय भएको छ । स्थानीय तहमा एकताको टुङ्गो लगाउन हरिकृष्ण श्रेष्ठ, गोविन्द पौडेल, बालकृष्ण सुवेदी र टेकबहादुर विक रहेको कार्यदल गठन भएको थियो । कार्यदलको सुझावका आधारमा संयन्त्रले एकतालाई टुङ्गो लगाएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : २९ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न