नेकपाले म्याग्दीमा एकताको टुङ्गो लगायो « Khabarhub

नेकपाले म्याग्दीमा एकताको टुङ्गो लगायो


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले जिल्लाका छ वटै स्थानीय तह र सबै वडास्तरमा एकताको टुङ्गो लगाएको छ ।

नेकपा म्याग्दीको सोमबार हाँडेभीरस्थित पार्टी कार्यालयमा बसेको जिल्ला संयन्त्रको बैठकमा छ स्थानीय तहमध्ये चार स्थानीय तह र २८ वडामा पूर्वएमाले तथा दुई स्थानीय तह र १७ वडामा पूर्वमाओवादी केन्द्रले नेतृत्व गर्ने निर्णय भएको हो ।

मालिका, मङ्गला, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा पूर्वएमाले तथा बेनी नगरपालिका र धवलागिरि गाउँपालिकामा पूर्वमाओवादी केन्द्रले नेतृत्व गर्ने निर्णय भएको नेकपाका नेता गोविन्द पौडेलले जानकारी दिए । नेकपाका नेता हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा बैठक बसेको थियो ।

अध्यक्ष पाएको स्थानीय तहमा सचिव स्वतः अर्को पक्षको हुने निर्णय भएको छ ।

बेनी नगरपालिकाको १, ५, ६, ८ र ९ मा पूर्वएमाले, २, ३, ४ र ७ मा पूर्वमाओवादी केन्द्रले नेतृत्व पाएको छ । धवलागिरि गाउँपालिकाको २, ४, ६ र ७ मा पूर्वएमाले तथा १, ३ र ५ मा पूर्वमाओवादी केन्द्रले नेतृत्व पाएका छन् ।

मालिका गाउँपालिकामा पूर्वमाओवादी केन्द्रले ३, ४ र ७ तथा पूर्वएमालेले १, २, ५ र ६ नं वडाको नेतृत्व पाएका छन् । मङ्गला गाउँपालिकामा पूर्वएमालेले १, ४ र ५ तथा पूर्वमाओवादी केन्द्रले २ र ३ को नेतृत्व पाएको छ । अन्नपूर्ण गाउँपालिकामा पूर्वएमालेले १, २, ३, ६ र ८ तथा माओवादी केन्द्रले ४, ५, ६ र ७ नं वडाको नेतृत्व पाएको छ ।

रघुगङ्गा गाउँपालिकाको १, २, ३, ६, ७ र ८ मा पूर्वएमाले तथा ४ र ५ मा पूर्वमाओवादी केन्द्रले नेतृत्व पाएका छन् । स्थानीय तहका कमिटीमा पूर्वएमालेको तर्फबाट ५९ र माओवादी केन्द्रबाट ४१ प्रतिशत सहभागिता रहने निर्णय भएको छ ।

चैत २६ गतेभित्र स्थानीय तह र वडाका पार्टी कमिटीको नेतृत्व, पदाधीकारी र सदस्यको नाम टुङ्गो लगाइसक्ने निर्णय भएको छ । स्थानीय तहमा एकताको टुङ्गो लगाउन हरिकृष्ण श्रेष्ठ, गोविन्द पौडेल, बालकृष्ण सुवेदी र टेकबहादुर विक रहेको कार्यदल गठन भएको थियो । कार्यदलको सुझावका आधारमा संयन्त्रले एकतालाई टुङ्गो लगाएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : २९ बजे

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार