सर्वोच्च अदालतमा ५ जना न्यायाधीश सिफारिस « Khabarhub

सर्वोच्च अदालतमा ५ जना न्यायाधीश सिफारिस


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च अदालतमा रिक्त रहेका ५ जना न्यायाधीश सिफारिस भएका छन् ।

मंगलबार बसेको न्याय परिषदको वैठकले ५ जना न्यायाधीश सिफारिस गरेको हो ।

न्याय परिषदको वैठकले प्रकाश कुमार ढुंगाना, सुस्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोज कुमार शर्मालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएकामध्ये ढुङ्गाना उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन भने माथेमा उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश हुन् ।

सर्वोच्चको न्यायाधीशमा कानून व्यवसायीको तर्फबाट सिफारिस भएका फुयाँल पूर्वमहान्यायाधीवक्ता समेत हुन् । फुयाँल केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्री कालमा महान्यायाधीवक्तामा नियुक्त भएका थिए ।

न्याय परिषदबाट सिफारिस भएका ५ जना संसदीय सुनुवाई पछि सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन् ।

संसदीय सुनुवाईको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिले सर्वोच्चका न्यायाधीश कियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

उच्च अदालतका न्यायाधीशमा १७ जनाको नाम सिफारिस

न्याय परिषदको वैठकले विभिन्न उच्च अदालतको न्यायाधीशका लागि १७ जनाको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषदको वैठकले १७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो ।

परिषदको वैठकले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृत मध्येबाट ३, साविक पुनरावेदन अदालतका पूर्व अतिरिक्त न्यायाधीश मध्येबाट १, जिल्ला न्यायाधीशहरु मध्येबाट ६ र कानून व्यवसायीहरु मध्येबाट ७ जनाको नाम उच्च अदालतका न्यायाधीशका लागि सिफारिस गरेको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १२ : ०६ बजे

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

गलेश्वर– म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी