सर्वोच्च अदालतमा ५ जना न्यायाधीश सिफारिस « Khabarhub

सर्वोच्च अदालतमा ५ जना न्यायाधीश सिफारिस


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च अदालतमा रिक्त रहेका ५ जना न्यायाधीश सिफारिस भएका छन् ।

मंगलबार बसेको न्याय परिषदको वैठकले ५ जना न्यायाधीश सिफारिस गरेको हो ।

न्याय परिषदको वैठकले प्रकाश कुमार ढुंगाना, सुस्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोज कुमार शर्मालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएकामध्ये ढुङ्गाना उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन भने माथेमा उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश हुन् ।

सर्वोच्चको न्यायाधीशमा कानून व्यवसायीको तर्फबाट सिफारिस भएका फुयाँल पूर्वमहान्यायाधीवक्ता समेत हुन् । फुयाँल केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्री कालमा महान्यायाधीवक्तामा नियुक्त भएका थिए ।

न्याय परिषदबाट सिफारिस भएका ५ जना संसदीय सुनुवाई पछि सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन् ।

संसदीय सुनुवाईको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिले सर्वोच्चका न्यायाधीश कियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

उच्च अदालतका न्यायाधीशमा १७ जनाको नाम सिफारिस

न्याय परिषदको वैठकले विभिन्न उच्च अदालतको न्यायाधीशका लागि १७ जनाको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषदको वैठकले १७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो ।

परिषदको वैठकले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृत मध्येबाट ३, साविक पुनरावेदन अदालतका पूर्व अतिरिक्त न्यायाधीश मध्येबाट १, जिल्ला न्यायाधीशहरु मध्येबाट ६ र कानून व्यवसायीहरु मध्येबाट ७ जनाको नाम उच्च अदालतका न्यायाधीशका लागि सिफारिस गरेको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १२ : ०६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्