एनपीएलको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले गुमायो दोस्रो विकेट « Khabarhub

एनपीएलको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले गुमायो दोस्रो विकेट


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

बिहीबार जारी खेलमा चितवनले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याउँदै सुदूरपश्चिमले जवाफी ब्याटिङ गरिरहेको छ । खेलमा सुदूरपश्चिमले दोस्रो विकेट गुमाएको छ ।

खेलको ४ ओभर ४ बलमा सुदूरपश्चिमका विनोद भण्डारी आउट भए । १३ बलको सामना गरेका उनले २३ रन बनाए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३३ रन बनायो ।

चितवनका लागि डाविड मलान एक्लैले ७१ रन बनाए । ५१ बलको सामना गरेका उनले ९ चौका र २ छक्का प्रहार गरे ।

त्यसैगरी, चितवनका सलाहुद्दिन खानले १६ बलमा १८ रन लिए भने कमलसिंह ऐरीले ८ बलमा १० बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलाइनले ३, थरिन्दु रत्नायकले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र डा. ईशान पाण्डेले समान एक विकेट लिए ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ७ : २९ बजे

एनपीएलको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले

एनपीएलको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले

एनपीएलको दोस्रो क्वालिफायरमा चितवनले सुदूरपश्चिमलाई दियो १ सय ३४ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले

उपभोक्ताको रोजाइ र बजार सुनिश्चित भएसँगै जुम्लामा स्याउखेतीतर्फ आकर्षण

जुम्ला– हिमाली जिल्ला जुम्लाको स्याउ नेपाली बजारमा उपभोक्ताको रोजाइमा पर्न