बारा र पर्साका पीडितलाई ‘लभ स्टेशन’ टिमले गर्‍यो सहयोग | Khabarhub Khabarhub

बारा र पर्साका पीडितलाई ‘लभ स्टेशन’ टिमले गर्‍यो सहयोग


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लभ स्टेशन’ टिमले आइतबार राति हुरी बतासका कारण बारा र पर्सामा भएको विपतपछि सहयोगको हात अगाडि बढाएको छ । निर्माण टिमले प्राकृतिक प्रकोपमा परेर धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै अरुलाई पनि सहयोग गर्न अपील गरेको छ ।

फिल्मका अभिनेता प्रदीप खड्काले यो घटनाले आफूलाई अचम्मित र दुःखी दुवै बनाएको बताए । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माण टिमले सहयोग दिने घोषणा पनि गरे । निर्माण टिमले पीडितका लागि ५० हजार रुपैयाँ सहयोग दिने बताएको छ ।

फिल्मको कुरा गर्नुपर्दा यो फिल्म आउँदो शुक्रबारबाट रिलिज हुँदैछ । फिल्मको निर्देशन उज्ज्वल घिमिरेले गरेका हुन् । फिल्ममा प्रदीपको जोडी बनेर जसिता गुरुङ पर्दामा देखिनेछिन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १ : २५ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून