बारा र पर्साका पीडितलाई ‘लभ स्टेशन’ टिमले गर्‍यो सहयोग « Khabarhub

बारा र पर्साका पीडितलाई ‘लभ स्टेशन’ टिमले गर्‍यो सहयोग


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लभ स्टेशन’ टिमले आइतबार राति हुरी बतासका कारण बारा र पर्सामा भएको विपतपछि सहयोगको हात अगाडि बढाएको छ । निर्माण टिमले प्राकृतिक प्रकोपमा परेर धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै अरुलाई पनि सहयोग गर्न अपील गरेको छ ।

फिल्मका अभिनेता प्रदीप खड्काले यो घटनाले आफूलाई अचम्मित र दुःखी दुवै बनाएको बताए । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माण टिमले सहयोग दिने घोषणा पनि गरे । निर्माण टिमले पीडितका लागि ५० हजार रुपैयाँ सहयोग दिने बताएको छ ।

फिल्मको कुरा गर्नुपर्दा यो फिल्म आउँदो शुक्रबारबाट रिलिज हुँदैछ । फिल्मको निर्देशन उज्ज्वल घिमिरेले गरेका हुन् । फिल्ममा प्रदीपको जोडी बनेर जसिता गुरुङ पर्दामा देखिनेछिन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १ : २५ बजे

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी