मलेसियाले ६ लाख बंगाली कामदार ‘डिपोट’ गर्दै, नेपालबाट तीन महिनामा १ लाख श्रमिक लिने संकेत « Khabarhub

मलेसियाले ६ लाख बंगाली कामदार ‘डिपोट’ गर्दै, नेपालबाट तीन महिनामा १ लाख श्रमिक लिने संकेत


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया सरकारले अवैध ढंगले बसी रोजगारदाता कम्पनीमा शरण लिएर रोजगारी गरिरहेका ६ लाख बङ्गलादेशी कामदार स्वदेश फिर्ता पठाउने भएको छ ।

मलेसियामा करिब १० लाख बंगाली श्रमिक रहेकोमा ४ लाख मात्र वैधानिक ढंगले काम गरिरहेको मलेसिया संसदका सस्दय इस्राफिल अलामले बताएको मलेसियाली अनलाइन द स्टारले समाचारमा उल्लेख गरेको छ ।

मलेसिया सरकारले रोजगारीमा मलेसिया आउने विदेशी कामदारका लागि आवश्यक कानून बनाइसकेको भन्दै सदस्य अलामले अवैध रुपमा बसेर काम गरिरहेका विदेशी कामदारलाई स्वदेश फर्काइने बताए । मलेसिया सरकारले अवैध रुपमा बसेर काम गरिरहेका विदेशी कामदार पटक–पटक धरपकड गरेर पक्राउ गदै स्वदेश पठाउँदै आएको छ ।

मलेसियाले ठूलो संख्यामा बंगाली कामदार स्वदेश फिर्ता गर्ने उद्घोष गरेसँगै नेपाली श्रमिकको माग बढाउने संकेत गरेको छ । मलेसियास्थीत नेपाली राजदूतावासका एक कर्मचारीका अनुसार मलेसियाले नेपालबाट आगामी तीन महिनाभित्र ८० हजारदेखि १ लाखसम्म रोजगारीका लागि कामदार लैजाने आश्वासन दिएको छ ।

नेपाली श्रमिकको माग मलेसियाको श्रम बजारमा उच्च रहेको बताउँदै ती कर्मचारीले भने, ‘विगत १० महिनादेखि बन्द मलेसिया रोजगारी खुलाएपछि ३ महिनामा ठूलो संख्यामा नेपाली श्रमिक आपूर्ति गर्ने मलेसियाको सम्बन्धित निकायले आश्वासन दिएको छ । ‘मलेसिया नेपाली कामदारलाई प्रथामिकतामा राखेर लिँदै छ । नेपाली श्रमिकका लागि बाटो खुुलाउने मलेसियाका रोजगारदाता कम्पनीले यहाँ सरकारसँग माग गरिरहेका छन् ।’

गत हप्ता मलेसिया सरकारले रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउन मेडिकलले मुख्य ३ वटा मापदण्ड पुरा गर्नुपर्ने नयाँ मापदण्ड नेपाल पठाएको थियो । मापदण्डमा मेडिकलले अनिवार्य रुपमा शारीरिक, ल्याव र एक्सरेको परीक्षण गर्नुपर्ने गरि मापदण्ड पठाएको छ । १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी सोमबारदेखि खुलेको छ । कलिङ भिसा लागेका कामदारका हकमा सोमबारदेखि अन्तिम श्रम स्वीकृति सुरु गरिएको छ । नेपालबाट रोजगारीका खोजीमा मलेसिया संस्थागत श्रम स्वीकृति लिएर मासिक १० हजारसम्म जाने गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । मलेसिया नेपाली कामदारको प्रमुख गन्तव्य देश भित्र पर्छ । मलेसियामा करिब ५ लाख कामदार कार्यरत रहेको सरकारी अनुमान छ ।

४ महिनादेखि बन्द विदेशी कामदार लिने बाटो खुल्यो 

मलेसिया सरकारले विगत ४ महिनादेखि विदेशी कामदार आपूर्तिमा रोक लगाएको थियो । मलेसियाको अध्यागमन, कानुन, गृह र मानव संशाधन मन्त्रालयले विदेशी श्रमिक रोजगारीमा लिदाँ आवश्यक पर्ने कानूनी र ऐन निर्माण भइसकेपछि विदेशी कामदार रोजगारीमा लिन बाटो खुला गरेको हो ।

मलेसियाका रोजगारदाता कम्पनीलाई त्यहाँ सरकारले विदेशी कामदारका लागि कोटा छुट्टाएर माग गर्ने अपिल पनि गरेको छ । मलेसिया सरकारले अप्रिलको दोस्रो हप्तादेखि विदशी कामदार लिन शुरु गर्ने गरि स्रोत देशमा पत्राचार गरिसकेको छ ।

मलेसियाले स्रोत देशसँग अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा शुल्क दिने र सुरक्षा दिने प्रतिवद्धता जनाउदै सरकारीस्तरमा श्रम सम्झौता गरेको छ । नेपाल, श्रीलंका र बंगलादेशलगायत ९ वटा देशसँग श्रम सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ८ : २९ बजे

जनकपुर उच्च अदालतबाट तीन हजार मुद्दा फर्छ्यौट

महेन्द्रनगर– जनकपुर उच्च अदालतले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायको जबाफदेहिता, पारदर्शिता र निष्ठा

सशस्त्र प्रहरी सहायक हवलदार कार्कीद्वारा सगरमाथाको सफल आरोहण 

काठमाडौं– सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सशस्त्र प्रहरी बल,

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

वीरेन्द्रनगर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा

एक महिनामा विपद्का १ हजार बढी घटना, ५९ जनाको मृत्यु

काठमाडौं– वैशाख १ देखि जेठ ३ गतेसम्मको अवधिमा देशभर भएका