बारा–पर्साका हुरीपीडितलाई सुदूरपश्चिमबाट १ करोड सहयोग « Khabarhub

बारा–पर्साका हुरीपीडितलाई सुदूरपश्चिमबाट १ करोड सहयोग


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


धनगढी– बारा र पर्साका आँधी–हुरी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले १ करोड सहयोग उपलब्ध गराउने भएको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको वैठकले आँधी–हुरी पीडितलाई १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

आँधी–हुरी पीडितको राहात, उद्दार तथा पुनस्र्थापनाका लागि भनेर सुदूरपश्चिम प्रदेश सरकारले १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहका अनुसार १ करोड सहयोग रकम प्रदेश नम्बर २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा जम्मा गरिने छ ।

आइतवार आएको आँधी–हुरीबाट बारा र पर्सा जिल्लामा गरी २९ जनाको मृत्यु भएको छ । आँधी–हुरीबाट करिब ७ सय जना घाइते भएकोमा २ सय ५० भन्दा बढीको अहिले पनि उपचार चलिरहेको छ ।

यसअघि ३ नम्बर प्रदेश सरकारले पनि आँधी–हुरी प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  २ : ३८ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ