बारा–पर्साका हुरीपीडितलाई सुदूरपश्चिमबाट १ करोड सहयोग « Khabarhub

बारा–पर्साका हुरीपीडितलाई सुदूरपश्चिमबाट १ करोड सहयोग


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


धनगढी– बारा र पर्साका आँधी–हुरी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले १ करोड सहयोग उपलब्ध गराउने भएको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको वैठकले आँधी–हुरी पीडितलाई १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

आँधी–हुरी पीडितको राहात, उद्दार तथा पुनस्र्थापनाका लागि भनेर सुदूरपश्चिम प्रदेश सरकारले १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहका अनुसार १ करोड सहयोग रकम प्रदेश नम्बर २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा जम्मा गरिने छ ।

आइतवार आएको आँधी–हुरीबाट बारा र पर्सा जिल्लामा गरी २९ जनाको मृत्यु भएको छ । आँधी–हुरीबाट करिब ७ सय जना घाइते भएकोमा २ सय ५० भन्दा बढीको अहिले पनि उपचार चलिरहेको छ ।

यसअघि ३ नम्बर प्रदेश सरकारले पनि आँधी–हुरी प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  २ : ३८ बजे

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको