समाचार

प्रचण्डको घोषणा : आँधी–हुरीमा मृत्यु भएका परिवारलाई ५ लाख दिने

By खबरहब

April 02, 2019

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार साँझ आएको आँधी–हुरीबाट निधन भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार ५–५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

आँधी–हुरी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि मंगलबार बारा पुगेका अध्यक्ष प्रचण्डले मृतक भएका व्यक्तिका परिवारलाई ५–५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका हुन् ।

बाराको फेटा गाउँपालिका– बरैनिया पुगेका प्रचण्डले उक्त सहयोगको घोषणा गरेका हुन् ।

अध्यक्ष प्रचण्डले मधेस शोक र पीडामा रहेको उल्लेख गर्दै सिंगो देशले सहयोग गर्नुपर्ने बताए ।

आँधी–हुरीबाट घाइते भएकाहरुको उपचारको अवस्था बुझ्न प्रचण्ड मंगबार नै वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुगेका थिए ।