‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’ « Khabarhub

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको सुरक्षाका लागि सरकार सचेत रहेको जनाएको छ ।

भारतसँगको बढ्दो पछिल्लो तनावलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकार पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र अन्य नेपालीको सुरक्षाका लागि सचेत रहेको जनाएको हो ।

‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’

परराष्ट्र मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परे नेपाली विद्यार्थी र विद्यार्थीका अभिभावकले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्नसक्ने पनि व्यवस्था मिलाएको छ ।

मन्त्रालयले उनीहरूको सहजताका लागि नेपाली राजदूतासका तृतीय सचिव वृन्दा सुवेदी खड्का र आर्सलान मेहमुदसँग टेलिफोन नम्बर पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ४ : ४९ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर